काठमाडौं । म्यानमारबाट लखेटिएका रोहिंग्या मुसलमान समूह ७ लाख बंगलादेशमा शरणार्थी भए, जो भारत पसेका थिए, तिनलाई भारतले लखेट्यो, नेपालमा ५० हजारभन्दा बढी रोहिंग्या पसेका छन्, बसेका छन् । अव त तिनका सन्तान पनि जन्मिन थालेका छन् । रोहिंग्या समुदायले नेपालको नागरिकता माँग्न थालेका छन् । भुटानी शरणार्थी समस्या ३० वर्षसम्म हल गर्न नसकेको नेपालको थाप्लोमा अव म्यानमारका रोहिंग्या मुस्लिम समुदायको दायित्व बिस्तारै बढ्दै गउको छ । सरकारले यिनको व्यवस्थापन कसरी गर्ने, म्यान फर्काउन पहलसमेत गरेको देखिदैन ।
यी रोहिंग्या समुदाय यति चलाख रहेछन् कि यिनीहरु अधिकांश नेकपाका कार्यकर्ता बनेका छन् । के भोटकै लागि यिनलाई कम्युनिष्टले नेपाल भित्र्याएको र नेपाली बनाउन खोजेको हो ? रोहिंग्या म्यानमारबाट लखेटिए, तिनीहरुप्रति मानवीय संवेदनशीलता राख्न सकिन्छ, सहयोग पनि गर्न सकिन्छ । तिनलाई नागरिक कै रुपमा स्वीकार्ने कि तिनको बासस्थानका विषयमा समाधान खोज्ने, अहिलेसम्म न सरकारले कुनै वास्ता गरेको छ, न संसदमा छलफल नै भएको छ, सबै तमासे भएका छन्, नेपालमा नयाँ नागरिक जन्मिरहेका छन् ।
संसदमा नागरिकता विधेयक विचाराधीन छ । नागरिकता विधेयक नेपालमा जन्मेका वा विवाह गरेर गएकाका सन्तानलाई समेत नागरिकता दिने नरमपन छ भनेर व्यापक बिरोध भइरहेको छ । रोहिंग्याबारे संसदमा छलफल जरुरी छ ।