Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओलीकी अंग्रेजी टिचर राजदूत

०३ सोमबार , मंसिर २०७५६ बर्ष अगाडि

काठमाडौं । ओलीका खोकिलाबाट फुत्त फुत्त निस्केका मध्ये निलाम्बर आचार्य र अन्जान शाक्यलाई राजदूत बनाउने निर्णयले नेकपाको नेतृत्व पंक्तिमा व्यापक असन्तुष्टि फैलिएको छ । पार्टीका लागि योगदान गर्नेहरु पछि पर्ने र ओलीलाई प्रभावमा पार्नेहरुले राजदूतसमेत पड्काउन थालेपछि ओली अधिनायकवादी बनेको आरोप प्रतिपक्षीले लगाउनै नपर्ने भएको छ । नेकपाभित्र प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश फैलिदै जाँदो छ ।
कांग्रेसको कोटामा परेका राजदूत, संविधानसभामा सदस्य र प्रवुद्ध समूहमा सदस्य बनेका निलाम्बर आचार्यलाई ओलीले राजदूत बनाए कि भारतको दबाबमा राजदूत बनाइए ? एकातिर यस्तो प्रश्न नेकपाभित्र उठेको छ भने अन्जान शाक्यलाई राजदूत किन बनाइयो ? उनको पार्टीमा योगदान के के छ भनेर प्रश्न पनि उठाइएको छ ।
अन्जान शाक्यलाई पहिले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उपनिर्देशक पनि ओलीकै सिफारिसमा बनाइएको थियो भने अहिले ओलीको ठाडो निर्णयमा उनलाई राजदूत नियुक्त गरिएको छ । भनिन्छ, प्रधानमन्त्री केपी ओलीले कसैको कुरा काट्दैनन् भने अन्जानको काट्दैनन् । अन्जान शाक्य ओलीको अंग्रेजी टिचर पनि हुन् । जबसम्म अन्जानले ओलीको भाषण हेर्दिनन्, तवसम्म ओलीले त्यो भाषण बोल्ने गर्दैनन् । साह्रै परिपक्व टिचरका रुपमा ओलीको र्‍याङ्किङमा परेकी व्यक्तित्व हुन् अन्जान शाक्य । त्यतिबेलाको आलोचनाभन्दा अहिलेको आलोचना ओलीका लागि फलामको च्यूरा हुनसक्ने बताइदैछ । किनकि यतिखेर पुनर्निर्माण प्राधिकरणदेखि दूर सञ्चार प्राधिकरण, गोरखापत्र, नेपाल टीभीसम्मका जे जति राजनीतिक नियुक्तीहरु भएका छन्, सबै बिबादित बन्न थालेका छन् र ओलीका मान्छे परेका छन् । प्रम ओलीले म नै नेकपा हुँ भन्ने शैली अपनाएको आरोप छ । भन्नेहरु ओलीकी साली भनेर पनि खिसी गरिरहेका छन् । हुन त नेकपाभित्र परिवारवाद भयानक रोग नै हो ।