Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एकीकृत राप्रपामा तीन अध्यक्ष हुने

२६ सोमबार , कार्तिक २०७५६ बर्ष अगाडि

सबैलाई नेतृत्व चाहिने, अलिकति पनि तलमाथि भयो कि गुट, फुट, जुट र फेरि फुटमा पुगेका तीन राप्रपा एकीकरणको अर्को अभियानमा जुटेका छन् । यसपटकको एकीकरणमा तीन राप्रपाका यी तीन नेता कसरी नेतृत्वको भागबण्डा मिलाउँछन् भन्ने सन्दर्भमा स्रोतले भनेको छ, यसको बैकल्पिक ढोका नेकपाले खोलिदिएको छ । नेकपामा दुई पाइलट छन्, ओली र प्रचण्ड । तीन राप्रपा एक भएपछि एकीकृत राप्रपा त्यस्तो जेटबिमान हुनेछ, जसमा तीन पाइलट हुनेछन् ।
राप्रपाले यसरी सामुहिक नेतृत्व स्वीकार गर्‍यो भने राप्रपा तीन अध्यक्षले हाँकेको पहिलो पार्टी हुनेछ । चुनाव अघिको चौथोशक्ति राप्रपा यतिबेला एकजनामात्र सांसद रहेको पार्टी बनेको छ । यी तिनै जना अध्यक्षले राजनीतिक प्रतिस्पधा गर्न सकेनन् र कांग्रेससँग समेत मिल्न नसकेका कारण माओवादी र एमाले मिलेर कांग्रेस र राप्रपाजस्तो प्रजातान्त्रिक शक्तिलाई सोत्तर बनाइदिए । अव एकीकृत भएपछि राप्रपा पनि दह्रिलो प्रजातान्त्रिक शक्ति बन्नसक्ने क्षमता चाहिं राख्नेछ ।
अव आँधी आउँदैछ
राप्रपाका अध्यक्ष कमल थापा भन्छन्– अव आँधी आउँदैछ । नीतिगत त्रुटीका कारण सरकार प्रभावकारी भएन, आठ महिनाको कार्यसमीक्षा गर्दा सरकार पूर्णत असफल भएको छ ।
एराप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा र राप्रपाका अध्यक्ष कमल थापावीच पटक पटक पार्टी एकीकरण गर्ने वार्ता सम्पन्न भइसकेको छ । बलियो प्रजातान्त्रिक शक्ति निर्माण एकीकरणको मुख्य एजेण्डा रहेको छ भने एकीकृत भएपछि हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र गाई चिन्हमा तीनै पार्टी एक हुनसक्ने र महिनादिनभित्रै एकीकृत राप्रपा निर्माण गरेर देशव्यापी रुपमा संगठन मजबुत पार्ने अभियान थालिने कुरा तिनै नेता बताउन थालेका छन् ।
एकता गर्ने कुरो मिल्यो, तिनैजनावीच पटक पटक वार्ता पनि भयो । नीति पनि मिलेको छ । मात्र मन मिल्न बाँकी छ । मन मिल्यो भने महिनादिनभित्र राप्रपा एक हुनेछ ।
तर, प्रश्न के छ भने राप्रपा जन्मने बेलामा आधारातमा मन मिलेन र जुम्ल्याह जन्म्यो । त्यसपछि यति धेरै गुट, फुट र जुटको सिकार भयो कि महाधिवेशन गरेपछि कमल थापा अध्यक्ष बने, डा.लोहनी र पशुपतिशमशेर जबरा अलग भएर अलग पार्टी खोल्ने स्थिति आयो ।
आखिर राप्रपालाई कसले फुटाउँछ, कसले जुटाउँछ, महाधिबेशनपछि कसले फुटायो र अहिले कुन शक्तिले जुटाउँदैछ ? यो प्रश्न रहस्यमय छ र यो रहस्यमय रोगको उपचार नगर्ने हो भने हिन्दुवाद, राजतन्त्रवाद र प्रजातन्त्रवादको यो कित्ता कहिले पनि शक्तिशाली नबन्न पनि सक्छ । उपचार जरुरी छ ।
दिल्ली यस्तो शक्ति छ, कहिले कांग्रेस त कहिले दरवार उचालेर भड्काइरह्यो । दरवार थचारेर, कांग्रेसलाई उचालपछार पार्दै एमाले उचाल्यो र साथसाथै माओवादीको काँधमा हतियार बोकायो । दरवार हत्याकाण्डपछि प्रजातन्त्रवादी उचाल्यो, प्रजातन्त्रवादीसँग आतंकवाद मिलाएर लोकतन्त्रवादी 
बनायो र राजतन्त्र नैसमाप्त पारिदियो । राजतन्त्र यतिबेला भावनामा छ, छरिएको शक्ति बनेर रहेको छ । कम्युनिष्ट मिलाएर संघीय लोकतन्त्रको अभ्यास गराउँदा गराउँदै मधेश अलग देश भनाइरहेको छ र यता हिन्दुवाद र राजतन्त्रवाद नेपालमा जरुरी रहेको तथा हिजोको गल्ती सुधार गर्न खोजेको पनि देखिदैछ ।
यस्तो बेलामा तीन राप्रपालाई मिलाएर परम्परागत शक्ति नै नेपालको स्थिरताका लागि आवश्यक छ भन्ने वातावरण बन्दैछ ।
यति नै बेला २६ जनवरी, गणतन्त्र दिवसका दिन भारतले ज्ञानेन्द्र शाहलाई प्रमुख आतिथ्यका लागि निम्त्यायो भने नेपालमा आँधीमात्र होइन, सुनामी नै आउने छ । शायद भारतका लागि कम्युनिष्ट बलियो भएको मन परेन, उसले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुँदा भारतमा दुस्प्रभाव पर्ने छाँट देख्यो ।
भारतमा आम निर्वाचन हुँदैछ र भाजपाले कांग्रेसमाथि माओवादीसँग मिलेको आरोप लगाइसक्यो । लाग्छ, दक्षिण एसियाको राजनीतिमा एकपल्ट पुन: कोल्टे फेर्ने हावा सुरु भएको छ । यसो हो भने नेपालको राजनीतिक परिदृश्य केही महिनाभित्रै फेरिन पनि सक्छ । यही क्रममा तीन राप्रपा एक हुन प्रेरित भइरहेका त होइनन् ?
यति नै बेला राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेरलाई कसैले छुस्की लगाइसकेको र एकीकरणमा बाधा पर्न खोजेको खबर पनि छ ।
पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको सांठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो । पार्टी्भित्र विकास हुादै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष कमल थापामाथि अनेक आरोप लगाएको छ ।
राप्रपाभित्र अर्को बबाल
असन्तुष्ट पक्षले राप्रपा प्रजातान्त्रिक राजसंस्था वा गणतन्त्रबारे प्रस्ट हुनुपर्ने माग गरेको छ भने उपाध्यक्षद्वय बुद्धिमान तामाङ र दिलविकास राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वारले पनि एकीकरण पूर्व सबै कुरा प्रष्ट हुनुपर्ने माँगमा एकता जनाएका छन् ।
यता राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विष्णु भट्टराईले एकीकरणको औचित्य प्रष्ट पार्न माग गरेका छन् । पशुपति शमशेर दोधारमा पर्दा यतिखेरएकीकरणमा समस्या देखिएको छ ।