Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

५ दिने क्रियाकर्म पण्डितद्वारा अस्वीकार

१२ सोमबार , कार्तिक २०७५६ बर्ष अगाडि

काठमाडौं । शास्त्रविपरितका पाँचदिने क्रियाकर्म अस्वीकार गर्दै र १५ बुँदे सहमति पारित गर्दै राष्ट्रिय पण्डित सम्मेलन सम्पन्न भएको छ ।
कमलपोखरीस्थित जैन भवनमा दुई दिनको विषद बहस र छलफलपछि पण्डितहरुले निकालेको निष्कर्ष भन्दै राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता सन्तोष वाशिष्ठलबे सार्वजनिक जानकारी दिएका छन् । उनका अनुसार धार्मिक एवं संस्कृतिको विरुद्धमा केही गलत समूह लागेका कारण  हाहाको भरमा गलत प्रवृत्तिमा प्रवृत्त नहुन सबैलाई आह्वान गरिएको छ । र, पण्डितहरुको पेशालाई मान मर्यादामा आँच पुग्ने गरि  केही संचार माध्यमले गलत र अपमानित गर्ने कार्य गरेको आरोप लगाउँदै त्यस्तो कार्य नगर्न चेतावनी दिइएको छ ।
पण्डित सम्मेलनले सरकारको ध्यानाकर्षण गर्दै परम्परादेखि मानिदै आएका महत्वपूर्ण पर्वहरुको सार्वजनिक बिदा किन कटौती गरियो ? भन्ने प्रश्न गर्दै गम्भीर आपत्ति र असहमति रहेको जनाउ दिएको छ । सम्मेलनले पुनर्विचार गरेर सच्याउन माँग गरेको छ ।
पण्डित सम्मेलनको मुख्य चासो सामाजिक मान्यता र वंश परम्परा पद्धतिलाई मासेर नेपाली समाजलाई विकृत बनाउने उद्देश्यले अभिप्रेरित र विदेशीबाट अनुप्राणित भइ अनुचित स्त्रीपुरुष संपर्कबाट गर्भधारण गर्ने, भ्रुणहत्या गर्ने, र यौन अपराधलाई बढाउने कार्य भैरहेकोले यस्ता कार्यलाई कानुनत: रोक लगाउन भनिएको छ ।
संविधानमै धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको प्रति पण्डित सम्मेलनले औपचारिकता पूरा गर्दै आपत्तिसम्म प्रकट गरे, मात्र पण्डितको हक र हितमा सबै ध्यान केन्द्रीत गरेका देखियो । पण्डित
हरुलाई हिन्दुराष्ट्र हुनु नहुनुमा खासै चासो देखिएन । चासो भएको भए देशभरिका पण्डितहरु हिन्दुराष्ट्रका लागि आन्दोलित हुनसक्थे, आन्दोलनको कार्यक्रम घोषणा गर्थे, पण्डितहरुलाई पण्डित्याइँकै मात्र चिन्ता देखियो ।
यी हुन् सम्मेलनले पारित गरेका बुँदाहरु–
१) पण्डित प्रतिभाशाली , विद्वान , आचारनिष्ठ, धार्मिक एवम् सच्चारित्रवान् धार्मिक निर्देशक हुने भएकोले ऊ स्वयंले  आफ्नो मर्यादा र इज्जत कायम गर्नुपर्छ । यो सम्मेलन पण्डितहरुको मर्यादा र इज्जत कायम गर्ने प्रण गर्दछ ।
२) पण्डितद्वारा गराइने धार्मिक कृत्य, संस्कार, यज्ञ यागादिको विषयलाई अपमानित, अपहेलित र हेय देखाउने उद्देश्यले प्रदर्शित नाटक, टेलिफिल्म, चलचित्र आदि कार्यक्रमलाई यो सम्मेलन घोर भत्सर्ना गर्दछ आगामी दिनमा यस्ता कार्यक्रम प्रदर्शन प्रशारण नगर्न सम्बन्धित पक्षलाई निर्देशन गर्दछ ।
३) सनातन वैदिक, वौद्ध, शिख, जैन, किराँत लगायत ॐकार परिवारका ९३.५ प्रतिशत जनता सनातनी भएको देश नेपाललाई संविधानतस् सनातन हिन्दु राष्ट्र घोषणा गर्न  पण्डित समाजले विगतदेखि नै माग गर्दै आएकोमा यो सम्मेलन पुन: जोडदार रूपमा  माग गर्दछ । साथै ॐकार परिवारले महापाप मानेको गोवध, गोनिष्कासन र गोअपमान का घटना यदाकदा भैरहेकोले त्यस्ता जघन्य अपराध पूर्णतया रोक्न यो सम्मेलन नेपाल सरकारलाई जोडदार माग गर्दछ ।
४) हाल सरकारले नेपालमा परम्परादेखि मानिदै आएका महत्त्वपूर्ण पर्वहरुको सार्वजनिक बिदा कटौती गरेकोमा यो सम्मेलनको गम्भीर आपत्ति र असहमति रहेको छ । जनैपूर्णिमा, जन्माष्टमी, रामनवमी, चैतेदशैं, ऋषिपञ्चमी, घटस्थापना आदि महत्त्वपूर्ण पर्वको कटौती गरिएको बिदा पूर्ववत प्रतिस्थापन गरि बिदा दिन नेपाल सरकारसंग जोडदार माग गर्दछौं । यस्तै गरि दशैंमा फूलपातीदेखी कोजाग्रत पूर्णिमासम्म, तिहारमा यमपञ्चकका पााचै दिन र भाइटिकाको भोलिपल्ट र तिजमा महिलाहरुका लागि दरखाने दिनको बिदा थप्न माग गर्दछौं ।
५) श्रीमद्भागवत सप्ताह, अन्य पुराण एवम् महायज्ञहरु, चतुर्मास पुराण, धान्याचल दान यज्ञ र अन्य विभिन्न धार्मिक कृत्यका नाममा केवल अर्थोपार्जन र चन्दा संकलन गर्ने कार्य पूर्णतया बन्द गर्ने घोषणा गर्दछ । सप्ताह, महायज्ञ आदि प्रत्येक धार्मिक कृत्य गर्दा ज्योतिष तथा धर्मशास्त्र निर्दिष्ट मुहूर्त , गुरु शुक्रको उदय अवस्था आदि अवलम्बन गरेर मात्रै धार्मिक कृत्य गर्न गराउन सम्बन्धित सबैलाई निर्देशन गर्दछ ।
६) पञ्चाङ्ग निर्णायक समितिबाट  स्वीकृत भएका पात्रोहरुले उल्लेख गरेभन्दा बाहेक पनि जथाभावी बिना लग्न बिबाह व्रतबन्ध आदि कार्य भएकोमा लग्न नभएका यस्ता कार्य नगर्न नगराउन यो सम्मेलन आह्वान र निर्देशन गर्दछ ।
७) सपिण्डहरु (सात पिंढी)को आशौच दस रात्रसम्म रहन्छ भन्ने विषयमा सम्पूर्ण शास्त्रको एकमत रहेको छ । यसलाईत्रिदिनं शाबमाशौचम्  भन्ने वाक्य उल्लेख गरि दशगात्र विधिलाई अशास्त्रीय रूपमा अपब्याख्या गरि पाँच दिनमा क्रियाकाष्टादि सम्पन्न गर्न अशास्त्रीय विधिको सिर्जना गरि समाजलाई दिग्भ्रमित पार्ने र शास्त्रीय परम्परा मास्ने  षडयन्त्रको यो सम्मेलन घोर भत्सर्ना गर्दछ । आइन्दा यस्तो पाप कर्म नगर्न नगराउन सबैलाई निर्देशन गर्दछ ।
८) परम्परा एवम् शास्त्र निर्दे्िशत निरयण पद्धति मासेर पाश्चात्य परम्पराका आधारमा चलेको सायन पद्धति भित्र्याउन खोज्ने,  एघार महिनाको एक वर्ष मानी अशास्त्रीय, अमर्या्िदत र परम्परा विरुद्धको कार्य गरी समाजलाई दिग्भ्रमित गराउन खोज्ने तथाकथित पर्व सुधारको षड्यन्त्रलाई यो पण्डित सम्मेलन घोर भत्सर्ना र अस्वीकार गर्दछ । यस्ता अशास्त्रीय होहल्लाको पछि नलाग्न पण्डित समाज र सर्वसाधारणलाई सुसूचित गरिन्छ ।
९) कर्मकाण्ड , ज्योतिष आदि क्षेत्रमा देखापरेका विकृती र विसंगतिहरुलाई निराकरण गर्नका लागि देशका विभिन्न स्थानमा सम्बन्धित विषयमा तालिम, गोष्ठी र प्रशिक्षणको कार्यक्रम संचालन गर्ने र क्षेत्रीय एवम् जिल्लास्तरको पण्डित सम्मेलन आयोजना गर्ने प्रण गर्दछ ।
१०) धार्मिक , साास्कृतिक एवम् पुरातात्विक महत्त्वका मठमन्दिर, गुम्बा चैत्य , पाटी पौवा आदि भौतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र जिर्णोद्धारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउादै आआफ्नो बसोबास क्षेत्रमा रहेका त्यस्ता सम्पदाहरुको महत्व उजागर गर्न पण्डित समाज अग्रसर हुने घोषणा गर्दछौं ।
११) वैदिक सनातन धर्मका मूल्य र मान्यताहरुमाथी दिन प्रतिदिन बढ्दै गएको अतिक्रमणको प्रतिकार गर्दै अतिक्रमणले निम्त्याएको विकृती निवारणका लागि समस्त पण्डित वर्ग एकजुट भएर लागिपर्ने प्रण गर्दछौं ।
१२) हाम्रो प्राचीन सामाजिक मान्यता र वंश परम्परा पद्धतिलाई मासेर नेपाली समाजलाई विकृत बनाउने उद्देश्यले अभिप्रेरित र विदेशीबाट अनुप्राणित भइ अनुचित स्त्रीपुरुष संपर्कबाट गर्भधारण गर्ने, भ्रूणहत्या गर्ने, र यौन अपराधलाई बढाउने कार्य भैरहेकोले यस्ता कार्यलाई कानुनतस् पूर्णरूपमा प्रतिबन्ध लगाउन यो सम्मेलन सरकार समक्ष माग गर्दछ । नारी अस्मिताको रक्षा सनातन सभ्यता र उदात्त संस्कृतिको परिपालनबाट मात्र सम्भव भएकोले सबै शैक्षिक संस्थामा संस्कृत नैतिक शिक्षाको पठनपाठन अनिवार्य गराउन दबाब दिने घोषणा गर्दछ ।
१३) समस्त सनातन संस्कृतिको आधार र ज्ञान बिज्ञानको मूल श्रोत संस्कृत भाषा भएकोले नेपालको माध्यमिक तहसम्मको शिक्षामा १०० पूर्णाङ्कको एक पत्र सरल संस्कृत अनिवार्य रूपमा राख्न परमावश्यक देखिन्छ । यसका लागि यो सम्मेलन सरकारसंग जोडदार माग गर्दछ ।
१४) जुठो तथा सुतक पर्दा जन्मेको बालकको न्वारन नभैकन र मृतकको काजकिरिया नभैकन सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा नकारात्मक असर पर्ने भएकोले त्यसो नगर्न नगराउन सुसूचित गर्ने । मुहूर्त साइत वा कुनै पनि धार्मिक निर्णय या घटनाको बारेमा आधिकारिक संस्थाको निर्णय बेगर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सूचनालाई आधिकारिक नमान्न आम सर्वसाधारणमा सुसूचित गर्ने गरिनेछ ।
१५) नेपालका प्रचलित संविधान ऐन कानून नियमावली बिनियम अप्रत्यक्ष रूपमा अहिलेसम्म पनि प्राचीन धर्मशास्त्रसित आवद्ध भएको सन्दर्भमा उच्च शिक्षाको कानून संकायको पाठ्यक्रममा कानून संवद्ध धर्मशास्त्रीय विषयहरु समावेश गर्न यो सम्मेलन संवन्धित निकायलाई प्रस्ताव गर्दछ ।