काठमाडौं । नेकपाका पाइलटद्वय केपी ओली र प्रचण्डले कात्तिक १० गते दशैं, तिहार, छठ पर्वको खुशीयाली साटासाट गर्न चियापानको आयोजना गरे । स्वयम् ओली आएनन्, बिरामी भएछन्, अस्पतालतिर गए ।
चियापानमा सर्वसाधारणलाई पीठोको डल्लो, केरा खुवाइयो भने नेता र नेताका हाराहारीमा बस्नेलाई पेँडा र स्याण्डवीचले स्वागत गरियो ।
चियापान र खुशी साटासाटमा पनि बिभेद गरियो । अर्पणा क्याटरिङका अनुसार अर्डर अनुसार गर्ने हो, गरियो । यो चियापानको बिल ४० लाख उठेको विश्वस्त स्रोतले बताएको छ । ४० लाख राजस्व खर्च गरेर चियापान गर्नुभन्दा सामान्य भेटघाट, शुभकामना आदान प्रदान गरेको भए च्यातिएको त्रिपालमुनी रहेका पीडितहरुलाई ४० लाखको राहत पुग्नेथियो । कसले दिने सल्लाह ?