Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

थप १९ अर्वको चलखेल सुरु भयो

१२ सोमबार , कार्तिक २०७५६ बर्ष अगाडि

काठमाडौं । नेपाल एयरलाइन्सका चंख कार्यकारी सुगतरत्न कंसाकारले सञ्चालक समितिको निर्णय गराएरै साँढे १९ अर्व सरकारले दिने हो भने नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी रुपमा अघि बढाउन सक्ने योजना पेश गरेका छन् । नेपाल एयरलाइन्सलाई मजबुत बनाउने कि नबनाउने ? भन्ने प्रश्न राख्दै यिनै सुगत रत्न कंसाकारले थप २  वाइडबडी जहाज किन्ने पेशकससमेत सुरु गरेका छन् ।
नयाँ खरिद गरिएको दुई थान वाइडबडीको खरिद प्रकृयामा घोटाला भएको आशंका महालेखाले उल्लेख गरेको सन्दर्भमा यसबारे अख्तियारले छानबिन सुरु गरेको छ । यस्तो बेलामा नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउनका लागि आर्थिक सहयोग चाहियो भनेर सरकारसँग माँग गरेको सन्दर्भले ठूलै तरङ्ग उठाएको छ ।
गत महिनामात्र भएका जहाज उडाउन नसकेका कारण १ अर्वभन्दा बढी घाटा खाएको निगमको व्यवस्थापन नै फितलौ र भ्रष्ट चरीत्रको भएको आरोप लागिरहदा यही व्यवस्थापनले ठूलो रकम किन मागेको होला भनेर अनेकन आशंकाहरु उठेका छन् । सतहमा नेपाल एयरको पुँजी ३४ करोडमात्र भएको र २० अर्व पुर्‍याउन साँ १९ अर्व ६६ करोड माँग गरिएको बताइन्छ । यसबारेको प्रस्ताव अर्थमा पुगेको छ । तर अर्थ मन्त्रालय प्रधानमन्त्रीको निर्देशन कुरेर बसेको छ । निर्णय अव नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको निर्देशनमा हुने अर्थका अधिकारी बताउँछन् ।
सरकारले भर्खरै नियुक्त गरेका कार्यकारी अध्यक्ष मदन खरेलले नै यो पुँजी माँग गर्ने रणनीति तैयार गरेका हुन् । जसमा सुगतरत्न कंसाकारको मुख्य भूमिका रहेको छ । खरेल जालमा फसेका छन् ।
नेपाल एयरलाइन्ससँग दर्जन बिमान छन्, चलाउन सकिरहेको छैन । एयरपोर्टमा ग्राउण्ड हेण्डलिङ गरेको कमाईले नेपाल एयरलाइन्सलाई अघि बढाइरहेको छ । नयाँ जहाज आएपछि कमाई हुन्छ भनेर उफ्रने सुगत रत्न कंसाकारले नयाँ जहाजको खरिदमै ६ अर्व घोटाला गरेको आरोप छ । न कमाई भइरहेको छ, न घोटालाबारे स्पष्ट हुनसकेको छ । घोटाला भएको हो भने कसकसले यो कमिशन खाए, यसमा विशेष छानबिन हुनुपर्ने आवश्यकता छ ।
नयाँ वाइडबडी किन एयरपोर्टमा घाम तापेर बसेको छ ? सोध्ने कसले ? चलाउने योजना नै नभई खाली कमिशनका लागि जहाज ल्याएको स्वत: स्पष्ट छ । अव १९ अर्व ६६ करोडको नयाँ चलखेल सुरु भएको देखिन्छ ।