काठमाडौं । नारायणहिटी दरवार संग्रहालयमा सुरक्षासाथ राखिएको तर सार्वजनिक नगरिएको श्रीपेच, राजदण्डसहितका बस्तु सर्वसाधारणका लागि खुला गर्न प्रधानमन्त्री आफैले उद्घाटन गर्न पुगे । प्रधानमन्त्रीले उद्घाटनपछि दर्शक बनेर यसरी श्रीपेच हेरेको देखियो कि उनलाई लगाउने सौख चलेको हुनुपर्छ । आज पूर्णिमा सम्म दशैको टीका फुकाएका प्रधानमन्त्रीले अव आजैका दिनदेखि तिहासम्म श्री ३ महाराजले जुवा फुक्का गरेजस्तो फुकाउन बेर छैन । श्रीपेच सरकारले १० वर्ष गोप्य किन राख्यो र अहिले किन सार्वजनिक गर्यो यसमा पनि ठूलै आशंका रहेको छ ।