काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक, बिधान संशोधनदेखि राजपाको विधान मस्यौदा बेठकमा समेत हिन्दुराष्ट्र हुनुपर्ने आवाज घन्किएको छ । नेपाली कांग्रेसले त हारको प्रमुख कारण नै हिन्दुराष्ट्रबारे स्पष्ट विचार राख्न नसकेको र संवैधानिक राजतन्त्रको मामिलामा चुप्पी साध्नुलाई मानेको छ ।
सरकारमा सामेल फोरमभित्र समेत हिन्दुराष्ट्र हुनुपर्ने कुरा उठ्नु र हिन्दुवादीहरुको व्यापक सलबलाहट देखिनुले समेत आगामी राजनीतिको केन्द्र हिन्दुराष्ट्रको मुद्दा हुने पक्का छ । यसका अनेकन रिपोर्टहरु गृहमन्त्रालयमा थुप्रिन थालेका छन् र गृहमन्त्री रामवहादुर थापाले यसको जानकारी पार्टी अध्यक्षद्वय प्रम ओली र प्रचण्डलाई समेत गराइसकेको स्रोतको दावी रहेको छ ।
संविधान तैयार हुँदाका बेलामा धार्मिक स्वतन्त्रता राख्ने सहमति भएको थियो तर फास्ट ट्य्राकबाट राष्ट्रपति डा.रामवरण यादवले घोषणा गरेको संविधानमा धर्मनिरपेक्षता कसरी लेखियो भन्ने विषयबारे तत्कालीन सभामुख सुवास नेम्वाङले मुख खोलेका छैनन् । कसको दबाब र कसको षडयन्त्रले धर्मनिरपेक्षता लेखियो भन्ने छानबिन नै हुनुपर्ने हो । पार्टी अध्यक्षहरुले चुप लाग्न भनेपछि तैं चुप मै चुप भएको यो विषय अहिले आएर गहन बनेको छ र धर्मनिरपेक्ष संविधान चुपचाप मानेर आएका नेकपाभित्रै का, कांग्रेस र मधेशवादीभित्रका सांसदहरु समेत धर्मनिरपेक्षतामा अडिग हुनसकेका देखिदैनन् ।
हिन्दुराष्ट्र हुनुपर्नेमा ठूला पार्टीभित्रका प्रभावहीन सांसदहरुको समेत धारणा देखिन थालेको छ ।
यसैवीच ज्ञानेन्द्र शाहको थाइलेण्ड, श्रीलंका, मालद्विप र बम्बई भ्रमण तालिकाले सत्तासीन नेकपाभित्र भुइँचालो ल्याएको छ । ज्ञानेन्द्र शाहको अन्तर्राष्ट्रिय समर्थनका लागि विशेष भेटघाटहरु भइरहेका छन् भने स्वदेशभित्र खर्चालु संघीयता र ७ सय ६१ सरकारको अनावश्यक खर्च बोझले आमनागरिक आक्रोसित हुन थालेका छन् । त्यसमाथि बलात्कार, हत्या, भ्रष्टाचार र कमिशनगिरिले आमनागरिकको पीडाले छटपटाउन थालेको छन् । लोकराज्यबाट पाउनुपर्ने सामान्य सुविधा पाउन समेत नेकपा बन्नुपर्ने स्थिति र सर्वत्र सेटिङमा कर्मचारी, ठेकेदार, सिण्डिकेटले राष्ट्र र जनतामाथि शोषण बढेकाले समेत राजनीति डावाडोल हुनपुगेको छ ।
अव त स्थिति यस्तो भइसक्यो कि क्रिश्चियनको वकालत गर्ने र धर्मनिरपेक्षता भनेर नथाक्नेहरु समेत हिन्दुराष्ट्र र हिन्दुराजाको धारणामा नरममात्र होइन, खुलेर अगाडि आउन थाल्नुले समेत संविधान दुर्घटनामा पर्ने र देशको राजनीति फेरिने संकेत देखिएका छन् ।
यता हिन्दुराष्ट्रका बारेमा माहोल बन्दै गएको स्थितिले सबैको नजर हिन्दुराजा पुनस्र्थापना हुने हो कि भनेर ज्ञानेन्द्र शाहका क्रियाकलाप चासोको विषय बनेको छ । अहिलेसम्म ज्ञानेन्द्र शाह जता गए, उतै राजतन्त्र जिन्दावादको नारा लाग्ने गरेको थियो, अव त हिन्दुराजा र हिन्दुराष्ट्रकै मुद्दा अघि बढेको छ ।
खासगरी १३ वर्ष शासन गरेका गणतन्त्रवादीले जनताको कुनै अपेक्षाको संवोधन गर्न नसकेको र आफै महाराजा बनेर देश लुटिरहेकाले समेत जनता आक्रोसित छन् । भूकम्प, बाढी, पहिरो, अन्यायले थिचिएका नागरिक यो त अति भयो भनिरहेका छन्, त्यसमाथि विधिको शासन नभएको र न्याय पाउन नसकेकाले समेत संघीयता चल्न नसक्ने स्थितिमा पुगेको छ । राष्ट्रको अर्थतन्त्र धरासायी हुनथालेको छ, उत्पादन जिरो, आयातमा निर्भर हुँदा रोजगारीसमेत छैन । यो दशैं रतिहार लगत्तै नेपाल हिन्दुराष्ट्र र हिन्दुराजाको मुलुक हुनसक्ने दावी विश्लेषकहरुले
गर्न थालेका छन् । यो सरकारले शान्ति सुरक्षा देखि रोजगारी सिर्जनासम्म, देशको सीमादेखि नागरिक सुरक्षासम्म केही पनि गर्न सकेन । माफियाकरणमा लिप्त हुन थालेकाले यो सरकारको व्यापक आलोचिते छ ।