Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गरीवी निवारण कोषमा देउसी भैलो

२२ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । नेपालको बढ्दो गरीबी कम गर्ने उद्देश्यले विश्व बैंकले गरीबी निवारण कोषमा ३१ अर्वभन्दा बढी अनुदान सहयोग दियो । यो कोष सत्तासीनहरुको देउसी भैलो बन्यो, काम गर्न सकेन । यही सब देखेर विश्व बैंकले २ महिनापछि अर्थात डिसेम्बर अन्त्यबाट सहयोग नगर्ने भएको छ । गरीबी निवारण कोष पार्टीका कार्यकर्ता पोस्ने थलो बनेकोले विश्व बैंकले असन्तुष्टि जनाएको हो ।
स्वास्थ्यमा भन्दा पनि बढी भ्रष्टाचारयो कोषमा भएको छ । लेखा परीक्षण हुनसकेको छैन, अनियमितताको दलदल बनेको छ । कोषमा नहकुल केसी कार्यकारी छन् । उनी आर्थिक अनियमितताको अभियोग नै लागेका व्यक्ति हुन् । त्यस्तालाई कोष जिम्मा लगाएको र अन्य क्षेत्रमा समेत यस्तैको बोलवाला भएकाले सरकार भ्रष्टहरुका माइवाप बन्यो । गरीबी परिचयपत्रमा समेत घोटाला भयो ।