Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति यो जुलुस किन देख्दिनन् ?

२२ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, महिला । बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको साँढे दुई महिनासम्म पनि हत्यारा पत्ता लगाउन नसकिएको र सरकारको सन्देहपूर्ण क्रियाकलापबारे राष्ट्रपतिले बोल्नु पर्छ कि पर्दैन ?
पूर्व नेकपा होलिन्, राष्ट्रपति बनेपछि उनी देशको राष्ट्रपतिका रुपमा प्रस्तुत हुनुपर्छ । उनले बालिका बलात्कारका घटनाजस्तो अपराधिक घटनामा चासो लिनुपर्छ र देशैभरि नागरिक यसरी सडकमा उत्रिसकेपछि सरकारसँग सोध्नुपर्छ, सरकारलाई निर्देशन दिनुपर्छ र देशकोशान्ति व्यवस्थाबारे जानकारी लिनैपर्छ । राष्ट्रपति सरकारलाई अप्ठेरो पर्छ भनेर अपराध बढ्दा राष्ट्रप्रतिको दायित्व निर्वहनमा निरपेक्ष बस्न कसरी मिल्छ ?
यसैवीच राष्ट्रपतिले वातावरण सम्मेलन–२०७५ को अवसरमा वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताएकी छिन् । बलात्कार र हत्या, हिंसा बिग्रन थालेको राष्ट्रिय वातावरण होइन, सच्याउनु पर्दैन र ?