Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संविधानले महिलाको अपेक्षा पूरा गरेन

१५ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको अभिव्यक्तिले महिलाको अवस्था सार्वजनिक गरेको छ । उनका अनुसार– आफूले निर्वार्िचत गरेका प्रतिनिधिले बनाएकाले संविधानले महिलाका तमाम माँग र आवश्यकता सुनिश्चित गर्नेछ भन्नेमा विश्वस्त थिए । सबै भूगोल, क्षेत्रमा बस्ने जनताको आशा त्यस्तै थियो । सीमान्तकृत समुदाय, जातिको पनि अपेक्षा थियो । त्यसैगरी नै महिलाले पनि संविधानसभाबाट जारी हुने संविधानमा आफ्ना माग पूरा हुने अपेक्षा गरेका थिए– इतिहास देखि नै विभेदमा परेका महिलालाई न्याय दिनेछ । महिला र पुरुषबीचको भेदभाव अन्त्य हुनेछ । संविधानले महिलाको त्यो अपेक्षा पूरा गर्न सकेन ।