Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माधव बने सत्तापक्षको गगन थापा

१५ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । सत्तापक्षका बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा आफ्नै पार्टीको नेतृत्वको सरकारको धुवाँधार आलोचना गरेका छन् । उनको आलोचना सुन्ने नेकपाका नेताहरु भन्छन्– माधव नेपालजी सत्तापक्षमा बिपक्षी गगन थापा भन्दा चर्को रुपमा पो प्रस्तुत भए ।
प्रचण्ड ओलीले सकेनन्, म सक्छु भन्ने संकेत गर्दै भारत र चीन भ्रमण गरेर समर्थन बटुल्ने प्रयास गरिरहेको सन्दर्भमा माधव नेपालको आक्रोशले नेकपाभित्र तातो खरानी रहेको र खरानीभित्रको आगोको झिल्काले पार्टीमा डढेलो लाग्नसक्ने सम्मको अनुमान सुरु भएको छ । यता झलनाथ खनाल असन्तुष्ट हुनु र संसदमै माधवकुमार नेपालले असन्तुष्टि पोख्नुले नेकपामा आँधी आउने संकेत देखिन्छ ।
यसैवीच वामदेव गौतमलाई चुनाव लडाएर ल्याउने विषयले पनि पूर्व एमालेबृत्तमा ओलीको उत्तराधिकार बनाउन खोजेको आरोपसम्म लागिरहेको छ । र, प्रचण्डले भारत भ्रमणपछि २ वर्षपछि म प्रधानमन्त्री हुन्छु भनेर घोषणा गर्नुले पनि माधव नेपाल आक्रोसित हुनपुगेको हुनसक्छ । ओलीका वाकवाणहरु धमाधम खेर गइरहेका छन् र उनले अरिंगाल हुन पार्टी पंक्तिलाई भन्दा कसैले टेरेनन्, मौरी भइदेउ भनेर अमेरिका हिडेका ओली कोष्ठारिकातिर अलमलिएका छन् । ओली नेकपाभित्र हँसीपात्र बन्दैछन् । प्रचण्डले चीनका राष्ट्रपतिको भेट नपाएकाले उनी पनि चाउरिन पुगेका छन् ।
ओली स्वदेशमा असफल भइरहेका छन् भने अमेरिकामा समेत कालोझण्डा हेर्न बाध्य हुनपुगे । माधव नेपालले नसच्चिने हो भने जे पनि हुनसक्छ भनिसकेका छन् । ओली नसच्चिदा के हुन्छ ? सरकार ढल्छ कि पार्टी फुट्छ, बहस बाक्लै सुनिन्छ ।
ओली तिनै हुन् जसले सिण्डिकेट हटाउने निर्णय गरे, 
सकेनन् । ठेकेदारलाई कारवाही गर्छु भने उनले दिएको खाल्डो टाल्ने सम्मको आदेश कर्मचारीले समेत मानेनन् । सिंहदरवार बनाउने ठेक्का पप्पु यादवलाई दिएर ओली सरकार झन बदनाम भयो । सुनकाण्डको फाइल आफैले राखे, अनुसन्धान रोके, दशैंको बेलामा यातायातको भाउबृद्धि गरे । जनहितमा माखो मार्न सकेनन् । समानान्तर एनजीओको छानबिनसमेत उनै रोकेका हुन् ।
ओलीमा श्री ३ को झल्को माधव नेपालले नै देखे भने अरुको के कुरा गर्नु ? त्यसमाथि चिकित्सा विधेयकमा माफियाको हित हेर्ने अडान र बलात्कार, हत्याका क्रमवद्ध श्रृंखलामा समेत सरकार असक्षम देखिएको छ । ओलीको चुच्चे रेल र हिन्दमहासागरमा पानीजहाजको सपनाले उनलाई सत्ताबाट खगार्न सक्छ । बुढी गण्डकी अर्को सरकारको बदमासी हो ।
जनतालाई हेप्ने, समृद्धि र सुशासनको नारा दिएर भ्रष्टाचार गर्ने छुट दिने, कानुनविरोधीहरुलाई संरक्षण गर्ने खालका चुकहरु सुधार्न नसके नेकपाका नेताले नै ओलीको धोती खोल्न बेर छैन । नेकपा पुन: मुसिको भव हुनसक्छ ।