Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ज्ञानेन्द्र शाह राजनीतिमा चर्चै चर्चामा

०८ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । थाइलेण्ड, श्रीलंका, मालद्विभ्स र भारत (मुम्बई) भ्रमणमा रहेका ज्ञानेन्द्र शाह यतिबेला राजनीतिक र कूटनीतिक बृत्तमा चर्चाको विषय बनेका छन् । उनले दशैं–तिहारपछि सक्रिय हुने संकेत देखाएका छन्, भारतको आमनिर्वाचन सम्पन्न भएपछि म फेरि राजा हुन्छु भनेको दिएको चर्चा पनि छ ।
हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे पनि बहुल हिन्दुवादीहरु पुन: हिन्दुराष्ट्र पुनस्र्थापना गर्न लागिरहेकै छन्, ज्ञानेन्द्र शाह पनि त्यही मेलोमा रहेका छन् । के हुन्छ हिन्दुराष्ट्रको सबैतिर चर्चा चलिरहेको बेलामा चार राष्ट्रको महिनादिन लामो भ्रमणलाई राजनीतिक र धार्मिक भ्रमणका रुपमा चर्चा गरिएको छ । हुन पनि ज्ञानेन्द्र शाहले सार्क सदस्य मुलुकहरुमा मात्र होइन, चीन र भारतका प्रभावशाली नेता र नीतिकारहरुसँग समेत गम्भीर वार्ता हुने हुनेछ । प्रश्न छ– राजनीति यू टर्न तिर लाग्यो त ?
सप्तमीका दिन स्वदेश फिर्ने ज्ञानेन्द्र शाहले अष्टमीका दिनमा राजधानीका सबै शक्तिपीठहरको दर्शन गर्नेमात्र होइन, यसपालीको बडादशैंमा दिने सन्देश पनि परम्परागतमात्र नहुने लख काट्न थालिएको छ ।
सम्भवत: यहीकारणले उत्साहित भएका राजतन्त्रवादी, हिन्दुवादीहरु ज्ञानेन्द्र शाहले लगाइदिने टीकाका लागि बडादशैंको प्रतिक्षा गरिरहेका छन् । यसपल्टको टीका हिन्दुराष्ट्र र राजतन्त्रको पुनस्र्थापनाका लागि साइ जुराइनेसम्मका अनुमान भइरहेका छन् । यहीकारणले पनि ज्ञानेन्द्र शाहको चर्चा कूटनीतिक र राजनीतिक बृत्तमा बढी भइहरको सुनिन्छ । खासगरी शीतल निवास र सिंहदरवार ज्ञानेन्द्र शाहबारे बढी चिन्तित देखिन्छ ।