Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतमा चौथो ठूलो आतंकवादी

०८ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौंदेखि आन्द्रप्रदेशसम्म रेड करिडोर भनेर भारतले निकै प्रचार गरेको थियो । अहिले नेपालमा माओवादी आतंक न्यूनिकरण भएर गएको छ भने भारतको आन्द्रप्रदेश, बिहार, छत्तीसगड, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, उडिसा, तेलङ्गना, पश्चिम बंगालर पूर्वी उत्तरप्रदेशसम्म माओवादी आतंक फैलिएको छ । १६ राज्यमा बिस्तार भइरहेको माओवादीको मूल उद्देश्य जनवादी राज्यसत्ता स्थापना नै हो । पहिले नेपाललाई आतंकित पार्ने र आतंक फैलाउन मलजल गर्ने भारत आखिर आफै माओवादी रेडजोनको सिकार भएको छ ।
काठमाडौं । भारतमा आतंकवाद बढ्दैछ, आतंकवादीका कारण भारतको सत्ता ढलमलाउन थालेको, भारतका राज्यहरु स्वतन्त्रताका लागि आन्दोलित हुनथालेका रिपोर्टहरु आएका छन् । यही प्रसङ्गमाअमेरिकाको स्टेट डिपार्टमेन्टको एउटा रिपोर्ट सार्वजनिक भएको छ, रिपोर्टमा इस्लामिक स्टेट पहिलो, दोश्रोमा अफगान र पाकिस्तानमा सक्रिय तालिवान, तेश्रोमा केन्या र सब सहारन अफ्रिकामा सक्रिय अल शबाब र चौथोमा भारतीय माओवादी विश्वकै चौथो ठूलो शक्तिशाली आतंकवादी उल्लेख छ ।
भारतमा चौथो ठूलो आतंकवादी समूह, यसबाट भर्खर शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन लागेको नेपाल पनि प्रभाबित हुने खतरा बढेर गएको छ ।
गतवर्षभरिमा यी आतंकवादी संगठनहरुमध्ये  पहिलोले ४ हजार ३ सय ५०, दोश्रोले ३ हजार ६ सय २०, तेश्रोले आतंक फैलाइरहेको र चौथो अर्थात भारतीय माओवादीले २ सय १२ जनाको हत्या र १ सय ७१ जनाको अपहरण गरेको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार भारतका लागि जम्मु काश्मिरभन्दा पनि भारतीय माओवादीको आतंक बढी जोखिमपूर्ण र टाउको दुखाई भएको छ ।
यद्यपि विश्वमा यी बाहेक पनि लस्करे तोइवालगायतका अनेक आतंकवादी र माफिया समूह कार्यरत छन् । हरेक दिन कही न कहीं नागरिक र सुरक्षाकर्मी आतंकवादको सिकार भइरहेका छन् । भारतका नक्सलाइट झारखण्डलगायतका केही भूभागमा सक्रिय छन् र तिनीहरु यदाकदा आतंक फैलाउने गरेको सुनिन्छ । तर अमेरिकाले गरेको घटनाको बिबेचनाले  भारत आतंकको चपेटमा देखाएको छ । अमेरिकाका अनुसार बोको हराम पाँचौं नम्बरको आतंकवादी हो । जम्मु काश्मिरमा हुने आतंकहरु भन्दा कडा र सबै आतंकका घटनामा ५३ प्रतिशतमा माओवादीकै  हात रहेको छ । रिपोर्ट भन्छ– भारतमा ४३ थरिका आतंकवादीहरु सक्रिय छन् । तथापि   गतवर्ष आतंकमा कमी भएको छ ।
यी माओवादी आतंकको लक्ष्य एउटै छ– नयाँ जनवादी क्रान्तिमार्फत जनवादी राज्यसत्ता स्थापना गर्नु । भारतमा माओवादीको क्रियाकलाप हुने गरेको ५० वर्ष भए पनि यो कहिले कमजोर र कहिले आक्रामक बनेको देखिन्छ । रिपोर्ट अनुसार भारतका झारखण्ड, विहार, दक्षिणी राज्य लगायतका १६ राज्यमा माओवादीहरु सक्रिय छन् । माओवादी नियन्त्रण गर्ने नाममा भारतले केही समयअघि लेखक, कलाकारहरुलाई गिरफ्तार पनि गरेको थियो ।