Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पप्पु कन्स्ट्रक्शनलाई दुई तिहाईको

०८ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । कलिमाटीको पुल भत्काउनु भन्ने आदेश पाइसकेपछि पनि यिनले त्यो पुललाई चलाइदिए । बबईको पुलको १७ खुट्टा ठनक्कै भाँचियो, यिनले फेरि बनाउन नपर्ने हिसावकिताव मिलाएछन् । पुलको मात्र होइन, दुई तिहाईको ठेकेदरा पनि यिनै रहेछन् क्यार, यिनलाई कुनै कानुनले छुनै नसक्ने रहेछ ।
गुणस्तरहीन निर्माण गर्ने पप्पु कन्स्ट्रक्शन र गुणस्तरहीन शासन गर्ने ओली सरकार, दुबैको जोडा मिलेको छ । ओली सरकारले २ अर्व ६ करोड लागतमा नेपाल राष्ट्र बैंकको मूल भवन बनाउने ठेक्का समेत यिनैलाई दिएछ ।  
सडक र पुलहरु गुणस्तरहीन र सुस्त गतिमा बनाएर सरकारी ढुकुटीमा राइँदाइँ गर्न पल्केको पप्पु कन्स्ट्रक्शनको दिन फिर्‍यो, ओली सरकार बनेर । यद्यपि पप्पुले चिनिया कम्पनी एसआरवीसीलाई साझेदार देखाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजसम्म भवन बनाउने अनुभव नै नभएको पप्पु कन्स्ट्रक्शनलाई कसरी योग्य देख्यो र यति ठूलो ठेक्का दियो ? डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी भन्छन्– पप्पु कन्स्ट्रक्शन कम्पनी योग्य छ, बनाउँछ । यो ठेक्कामा ठूलो आर्थिक चलखेल भएको आशंका उठिरहेको छ ।