Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साख बचाउनै धौधौ

०८ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त र विराटनगरका एमवीवीएस विद्यार्थी सौरभ उप्रेतीको हत्यापछि आइजीपी सर्वेन्द्र खनाल साख बचाउन धौधौ स्थितिमा पुगेका छन् ।
यी दुबै हत्यामा प्रहरी नै संलग्न भएको, प्रमाण प्रहरीले नै मेटेकोजस्ता गम्भीर आरोप लागेका छन् । जो होस्, हत्यारा पक्राउ पर्छ भन्ने सर्वेन्द्रको लागि आइजीपी बनेपछिको पहिलो चुनौती यिनै दुई हत्याका दोषीलाई पक्राउ गर्नु रहेको छ ।
बिराटनगर र कञ्चनपुर दुबैतिर आन्दोलन चकिएको छ । बलात्कार र हत्याकाण्डले देशैभरि प्रहरीको आलोचना भइरहेको छ । घटना छानबिन र अनुसन्धानमै सिमित हुनुले शंकामा छ प्रहरी ।