Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिंहदरवार पुगेको पहिलो गाउँ

०६ शनिबार , आश्विन २०७५६ बर्ष अगाडि

चन्द्रागिरी वडा नम्बर १५ । कसैलाई शंका छ भने गएर हेरे हुन्छ, सिंहदरवार पुगेको पहिलो गाउँ हो यो । सिंहदरवार अर्थात सुशासन । सिंहदरवारको भ्रष्टाचारको भेल देशको ७ सय ६१ सरकारमा व्याप्त छ । तर, यसैभित्र पर्ने चन्द्रागिरी नगरपालिका वडा नम्बर १५, पहिलेको तीनथाना गाविस यतिबेला सिंहदरवार अर्थात सुशासन पुगेको पहिलो गाउँ बन्न सफल भएको छ । राज्यले कसैलाई उत्साहित, प्रोत्साहित, स्यावासी वा पुरस्कृत गर्ने भए यस वडाका वडाअध्यक्ष उत्तम राउत र उनको टिमलाई गर्नुपर्छ । किनभने सिंहदरवार गाउँमा कसरी पुग्छ, त्यसको उदाहरण चन्द्रागिरी लडा नम्बर १५ देखाएको छ । सिंहदरवारमा बस्ने ओली सरकार, शीतल निवासमा बस्ने राष्ट्रपतिले चन्द्रागिरी वडा नम्बर १५ को जानकारी लिनैपर्छ, गएर यो वडालाई हेर्नैपर्छ, बुझ्नैपर्छ ।
यो फोटो शैक्षिक विकास कोषको वार्षिक कार्यक्रमको हो । असोज ६ गते पहिलो कार्यक्रम कक्षा ११ मा समेत छात्रबृत्ति वितरण गर्ने घोषणासहित सम्पन्न भएको छ । यो कोषमा सांसद कृष्णगोपाल श्रेष्ठले एक महिनाको तलव दिएका छन् । प्रदेश सांसद केशव पोखरेल पनि सहभागी थिए । यो कार्यक्रममा २०७४ को एसइइ परीक्षामा उत्कृष्ठ हुनेहरुलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष तथा सदस्यले समेत आफ्नो पारिश्रमिक यही कोषमा योगदान गरेका छन् ।