काठमाडौं । छोरीको बलात्कारपछि हत्या भयो । बाबुआमा यसरी राजधानीको सडकमा न्याय पाउँ भनेर जनता गुहार्नुपरेपछि दुई तिहाईको सरकार किन चाहियो ?
यी आमाबाबुले न्याय पाएनन्, सरकार १० लाख दिन्छु भन्छ, यिनले एक पैसा लिन्न भनेर धुरुधुरु रुनुपर्ने दिन देखियो । यस्तो विपत्ति कहिल्यै कसैलाई नपरोस् ।
यति गम्भीर अमानवीय मुद्दालाई सरकारले दबाउने पर्याप्त प्रयास गर्यो, सकेको छैन । षडयन्त्रपूर्ण ढंगले छानबिन समिति बनाउने र भङ्ग गर्ने काम गरिरह्यो । पछिल्लोपल्ट डीआईजी धिरु बस्नेतको नेतृत्वमा एसएसपी निरजबहादुर शाही, उत्तम सुवेदी र अन्य प्रहरी अधिकृत रहेको अर्को अनुसन्धान समिति गठन गरेको छ ।
घटनाको अनुसन्धान टोलीले ६ जना प्रहरीलाई निलम्बन गरिसकेको छ । यो अनुसन्धान टोलीले सुरुमा खटिएका डीएसपी अंगुर जिसी, एसपी डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न प्रहरीबाटै छानबिन सुरु गरेको कञ्चनपुर पुगेर बताइएको छ ।
गत एक महिनामा भएका हत्या र बलात्कारका घटना यस्ता छन्– १.कंचनपुरमा १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या, २. पोखरामा १३ बर्षिय पुष्पा के. सी. को हत्या, ३. महोत्तरीमा ८ महिनाकि बालिकाको हत्या, ४. ईटहरीमा
३२ बर्षिय कृष्णभक्तको हत्या, ५. बवरमहलमा ८० बर्षिय केशवराजको हत्या, ६. पोखरा ढोरेपाटनकी १८ बर्षिय सुस्मिता लामिछानेको शव फेवातालमा फेला परेको, ७. सप्तरीमा २० बर्षिय युवती बलात्कृत, ८. बिराटनगरमा ४ बर्षिय कृतिकाको अपहरण, ९. बांकेमा ६ बर्षिय बालिका बलत्कृत, १०. भक्तपुरमा १३ बर्षिय निसान खड्काको अपहरण र हत्या, ११. काठमान्डौ तारकेश्वरमा एक रेष्टुरांमा काम गर्ने युवती बलात्कृत, १२.कंचनपुरमा न्यायको पक्षमा उभिदा १३ बर्षिय सुनी खन्नाको हत्या, १३. ताप्लेजुगंमा १ बर्षिया जुम्ल्या छोरीलाई आमाबाटै हत्या, १४. सिन्धुपाल्चोकमा एक जोडी एउटै पासोमा झुण्डीएर आत्महत्या, १५. भोजपुरकी ११ बर्षिय रचना राईको बलात्कार पछि हत्या, १६. ११ दिने शिशुको थालाजुङकी १७ वर्षकी रश्मी गुरुङबाट हत्या, १७. बिर्तामोडमा आमाले ७–८ बर्षकी छोरीलाई कुटेर हत्या, १८. जाजरकोटमा २५ बर्षिय तारा सिंहको बिभत्स हत्या ।
यी घटनालाई प्रचण्डले सरकार असफल पार्ने षडयन्त्र भनेका छन् भने प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई बिरोधीमाथि अरिंगाल बनेर जाइलाग्न निर्देश गरेका छन् । प्रधानमन्त्री ओलीले त बिरोधीको सफाया गर्नेसम्मका अभिव्यक्ति पनि दिनुले देशका प्रधानमन्त्री पार्टीनेताबाट माथि उठ्न नसकेको प्रतिक्रिया जनमानसको छ ।
स्मरणीय छ, निर्मला पन्तको बलात्कार र हत्या घटनाले देशव्यापी जनआक्रोस फैलदै गएको छ । नेकपाको ७ महिने दुईतिहाई बहुमत सहितको सरकारको औचित्य समाप्त पार्दैछ । तैपनि ओली सरकार अधिनायकवादी र निरंकूश चरित्रबाट सुध्रिन सकेको छैन ।
नेकपालाई जिताउने, स्थिर सरकार, सुशासन र समृद्धि चाहने जनमतको यति ठूलो अपमान, ओली पनि दुर्भाग्य बन्दै गएका छन् ।