Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

न्याय माँग्न मन्त्री प्रधानमन्त्रीकहाँ धाउनुपर्ने ?

०१ सोमबार , आश्विन २०७५६ बर्ष अगाडि

काठमाडौं । निर्मला प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन् भनेर राजपाले निष्कर्ष निकालेको छ । सरकारको समर्थक पार्टीले पनि आलोचना गर्न थालेको छ भने कतिपय सांसदले गृहमन्त्री र प्रधानमन्त्रीकै राजीनामा माँग्न थालेका छन् । राजपाका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले ठोकेर भनेका छन्– बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा र गृहमन्त्री रामबहादुर थापा नै दोषी छन् ।
कर्णले प्रहरीले हेलचेक्रयाँई गरेकै हो, सरकार हेरिरह्यो । यो सरकारको कमजोरी, विफलता हो । अनुसन्धान गर्ने निकाय नै दोषी हो । संसदमा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो छैन । अनुसन्धान अधिकृतलाई धम्की दिंदा  धम्की दिनेको बारेमा थाहा हुँदैन भने के को गृह प्रशासन ? के को सरकार ? 
निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा दोषीलाई सरकारले चाँडो भन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्छ । न्याय माग्न पीडितले प्रधानमन्त्री र गृहमन्त्रीकहाँ धाउनुपने ? यो कस्तो राज्य हो ?
नेता कर्णले यसरी राज गर्नु, राज्य चलाउनु अराजकतामा मुलुकलाई हाल्नु हो भने ।