Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

७१ वर्षे बाजेलाई खसी पार्ने?

१६ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

बाल बलात्कारकार घटना बढेपछि संसदका समितिहरुमा निकै चिन्ता भयो। बाल बलात्कार कसरी रोक्ने? केही महिला सभासदले उपाय सुझाए– बलात्कारीलाई नपुंसक बनाइदिने? अर्थात 'खसी पारिदिने।'
चीनको मिङ बंशका बेलामा हान र ताङहरुलाई (ऋबकतचबतष्यल अर्थात मेलको क्रियाशीलतालाई समाप्त पार्ने) 'खसी पार्ने' तरिकाको विकास भएको हो, पछि यो एसियामा व्यापक फैलियो। मुस्लिम शासकहरुले यसै गरेर आफ्ना हरम सहायकहरु

राख्ने पद्धतिको विकास नै गरे। र, मान्छेबाट पशुमा पनि यो तरिका अपनाउन थालियो। खासगरी 'बोका' वा 'रागो, साँढे'लाई खसी पारेपछि यो छिटो बढ्ने, फैलिने र मासुका लागि उपयुक्त हुने भएकाले यिनलाई खसी पार्ने (नपुंसक बनाउने) चल्ती

बढेर गयो। जन्मजात हिजडाजस्तै पुरुषत्वलाई नष्ट गरिदिएर हिजडा बनाइदिने भने पनि हुन्छ। त्यस्तै सोच लोकतान्त्रिक संसदमा उठेको छ।
बारा, कैलाली, गोरखा, काभ्रेलगायतका अनेक स्थानहरुमा बलात्कारका घटना घटिरहेका छन्। पछिल्लो पटक गोरखाको भुम्लीचोक ३, गैह्रीगाउँका ७१ वर्षका हजुरबाउ इन्द्रबहादुर गुरुङले हजुरआमा माइत गएको मौका पारेर अपाङ्ग नातिनी बाख्रा

चराउन जंगल गएको मौका छापेर जंगलमै बलात्कार गरेका छन्। घटना पुष्टि भएपछि गुरुङ हिरासतमा राखिएका छन् र प्रहरी भन्छ: जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ। यो घटनालाई पनि गाउँमै मेलमिलाप गराउने प्रयास

भयो र मिलाप हुन नसकेपछि मात्र घटना सार्वजनिक भएको हो।
र, गोरखाकै २९ वर्षे महादेव कटुवालले चितवन, दाह्रेचोक– फिस्लिङकी २४ वर्षकी श्रीमाया गुरुङलाई पोखरा बोलाएर बलात्कार गरेको  आरोप लगाइएको छ। श्रीमायाले आत्महत्या गरेकी छिन्। यसमा पनि अनुसन्धान जारी छ। सभासदहरु

बलात्कारीको लिङ्ग काटिदिने कडा कुरा गरिरहदा बलात्कार भएको छ। लिंग काट्ने भय देखाइदा पनि बलात्कार भएको पछिल्लो उदाहरण हो यो।
प्रश्न उठेको छ– बलात्कारीलाई खसी पारेर नपुंसक बनाइदिने कि मानिसमा विकास हुनसक्ने पशुत्वभाव, विवेकहीनता, आपराधिक उत्मत्ततापूर्ण बलात्कारजस्तो जघन्य अपराध गर्नुहुन्न भन्ने मानसिकता विकास गर्न चेतना जगाउने अभियान, कडा

सजायको व्यवस्था गर्न संसदले सोच्ने हो? एउटा अपराध रोक्ने नाममा अर्को अपराधिक सोचको विकास गर्नु उचित हो कि होइन? बलात्कारी पुरुषको पुरुषत्व नष्ट पारिदिएर बलात्कारका घटना घट्छ भन्ने सोच आफैमा कमजोर र गलत सोच हो। उचित

त के हुन्छ भने बलात्कार गर्नु अपराध हो, यस्तो अपराध गर्नै हुन्न भन्ने मानिसमा चेतनाको विकास गर्नु जरुरी छ।
र, काठमाडौंमा एसिड काण्ड घट्यो। एसिड काण्डका अभियुक्त पनि पक्राउ परे। कडा कानुन बनाउने क्रममा ५ वर्षको कैद सजाय गर्ने प्रक्रिया पनि सुरु भयो तर ललितपुरमा फेरि एसिड काण्ड घटिसकेको छ। यसको अर्थ बुढामा मात्र होइन, युवा

जमातमा पनि आपराधिक प्रवृत्ति बढ्न थालेको छ। किन यस्तो भइरहेको छ? यसमा समाजशास्त्रीहरु, मनोविज्ञहरुको सुझाव लिनु जरुरी छ र समाजलाई लोकतान्त्रिकरण गर्ने क्रममा मानिसको सोचमा नै परिवर्तनको खाँचो देखिन्छ। यसकारण

बलात्कारीलाई नपुंसक बनाएर समाज सुधि्रदैन, मूल सफा गर्नेतिर ध्यान दिनु आवश्यक छ।