Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भिसा प्रक्रियामा गृहमन्त्री नै राष्ट्रघाती

१६ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

अध्यागमनको आधुनिकताको नाममा विदेशीकरण गर्न अघि सरेछन् वामदेव। बरु म मर्न तैयार छु, राष्ट्रलाई धोका दिन्न भन्थे गृहमन्त्री वामदेव गौतम। अव उनी राष्ट्रघातीका रुपमा चर्चित बनिसके। अव के गर्छन् यी वामदेव गौतमले? को छ अनलाइन

भिसा प्रक्रिया सेवा दिनसक्ने नेपालमा। नेपाली अग्रेजी बोल्नसमेत जान्दैनन् भन्दै जसले विदेशी कम्पनीलाई भिसा प्रक्रियाको जिम्मेवारी विदेशी कम्पनीलाई दिने विषयमा विरोध गर्छ, त्यो राष्ट्रघाती हो भन्ने आरोप लगाउने गृहमन्त्री वामदेव गौतमलाई

उनकै पार्टी पंक्ति माधव नेपालदेखि अधिकांशले यो निर्णय राष्ट्रघाती हो, रोक्नुपर्छ भनेर अडान लिए र संसदको प्रभू शाह समितिले समेत त्यो प्रक्रिया तत्काल रोकेर प्रस्ताव समितिमा पठाइदिन आदेश दिएको छ। यसपछि गृहमन्त्री वामदेव गौतम

नैतिक संकटमा परेका छन्। अव उनले राजीनामा दिन्छन् कि पदमा टाँस्सिरहन्छन्, हेर्ने झलक बनेको छ।
वामदेवको स्पिडलाई माधव नेपाल र संसदीय समितिले ब्रेक लगाइदियो। मलेसियन कम्पनीको नाममा भिसा प्रक्रियामा छिर्न खोजेको भारतीय कदम पनि रोकिन पुगेको छ। गृहले प्रस्तावका रुपमा मन्त्रिपरिषद पुर्‍याएको फाइल फर्कने भएको छ।

स्मरणीय छ, एयरपोर्टको व्यवस्थापन भारतलाई दिनुपर्छ भन्ने बाबुराम भट्टराईको पार्टी एमाओवादीले समेत भिसा प्रक्रियामा विदेशीलाई स्पेश दिनुहुन्न भनेर विरोध गर्नु स्वागतयोग्य घटना बन्नपुगेको छ। बामदेवको आर्थिक चलखेलमा पनि ब्रेक लाग्यो

गाँठे।