Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्र र धर्मनिरपेक्षता पश्चिमा साजिस

१८ सोमबार , भाद्र २०७५६ बर्ष अगाडि

इसाई पाष्टर बनेका केवी रोकायाले अभियान नै छेडेका छन्– नेपाल रहने हो भने हिन्दुराष्ट्र र राजतन्त्र अपरिहार्य छ । यही कुरालाई नेकपा–माओवादीका नेता सीपी गजुरेलले घुमाएर भनेका छन्– गणतन्त्र र धर्मनिरपेक्षता पश्चिमा र भारतीय एजेण्डा हो । उनीहरुले यो पनि स्मरण गराएका छन् कि प्रणव मुखर्जीले अलजजिरा टीभीबाट स्पष्टै भनेका थिए– माओवादीलाइ भारतले सिर्जना गरेको हो, नेपालको परिवर्तनको स्वामित्व भारतले लिएको छ ।
वीवीसीबाट रोकाया र गजुरेलले जतिसुकै गर्जिए पनि सर्वशक्तिमान बनेको नेकपाका नेताहरु धर्मनिरपेक्षता र संघीय गणतन्त्रबाट टसमस गर्ने पक्षमा छैनन्, कारण उनीहरुले देशव्यापी रुपमा आफ्ना कार्यकर्ताहरुलाई जागीर जो दिएका छन् र सिंगो राष्ट्रको कमाण्ड जो हातमा लिएर हैकम चलाउन थालेका छन् ।
संघीय गणतन्त्र चल्दैन चल्नै सक्दैन भनेर त नेकपा बाहेकका नेताहरु उर्लिन थालिसकेका छन् । नेपाली कांग्रेसले समेत हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा स्पष्ट पार्न नसक्दा चुनाव हारियो भन्ने निष्कर्ष निकालिसकेका छन् । राप्रपा लगायतका पार्टीहरु पनि संघीयता यति खर्चालु व्यवस्था निस्कियो कि जनतामाथि कर थोपरेर यो चलाउन सकिदैन भनिरहेकै छन् । यति नै बेला सीपी र रोकायाभन्दा चर्को स्वरमा सडक आन्दोलनमा निस्किसकेका छन्– चित्रबहादुर केसी ।
बिस्तारै नेकपाको अधिनायकवाद र जनतामारा संघीयताको विरोधमा तमाम शक्तिहरुको छटपटी सार्वजनिक हुनथाल्नुले अर्को परिवर्तन हुने त होइन ?