काठमाडौं । भारतको लहै लहैमा बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैनिक अभ्यास गर्न नेपालले किन स्वीकृति दियो ? नेपालको विदेशनीति विपरितको यो स्वीकृतिले ओली सरकार भारतको पिछलग्गु बनेको अर्थ निस्केको छ ।
भारत चीनविरुद्ध आफ्नो प्रभाव जमाउन र पाकिस्तानलाई एक्ल्याउन चाहेरै बिमस्टेकको सुरुआत गरेको आरोप लागिरहेका बेलामा सम्मेलनमा प्रधानमन्त्रीले बिमस्टेक सार्कको विकल्प होइन, परिपूरक हो त भने तर संयुक्त सैनिक अभ्यास गर्न मञ्जुरी दिएर काम गरे कि नकाम ? यसबारेमा प्रधानमन्त्री ओलीले पर्याप्त तर्क र आवश्यकताको पुष्टि गर्न सकेका छैनन् । त्यसो त बिमस्टेकमै खर्च भएको अर्वौं फजुल खर्च हो, नेपाललाई बिमस्टेक आवश्यक नै छैन, किनकि बंगालको खाडीसँग नेपाल जोडिने कहिले भन्ने प्रश्न उठिरहेकै छ । नेपाल सबैसँग मित्रता चाहन्छ, कसै अथवा कुनै पनि सैनिक गठबन्धनको सदस्य बन्ने नेपालको नीति नै होइन ।
लीलामणिलगायतका नेकपाकै नेताहरुले समेत प्रश्न गरेका छन्– बिमस्टेकमा कहाँ छ सैनिक गठबन्धन ? नेपाललाई इण्डो पश्चिमी शक्तिहरुले चीन, पाकिस्तानविरोधी क्याम्पमा धकेल्न खोजेका थिए, नेपाल त्यही रणनीतिको सिकार हुनपुग्यो । नेपालका सुरक्षा, सरकार र कर्मचारी प्रशासन कहाँबाट चलेको छ ? यतिमात्र होइन, मदन भण्डारीदेखि राजा वीरेन्द्र, जमिम शाहसम्मको हत्याको कडी जोडियो कि जोडिएन ?
Trade and Investment, Technology, Energy Sector, Transport and Communication, Tourism, Fisheries, Agriculture, Cultural Cooperation, Environment and Disaster Management, Public Health, People to People Contact, Poverty Alleviation, Counter Terrorism and Transnational Crime, Climate Change. यसमा सैनिक गठबन्धन, सैनिक अभ्यास कहाँ छ र गर्न लागेको ?