Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

योभन्दा राष्ट्रघात अरु के हुन्छ ?

१४ बिहिबार , भाद्र २०७५६ बर्ष अगाडि

१९४७ मा भारत स्वतन्त्र बनाउन नेपालीले पनि रगत पसिना खर्चेका छन् । नेपाल जेल गए, नेल खाए, ज्यान लगाए, भारत स्वतन्त्र भयो । त्यसबेलादेखि नै भारतीय सेनामा गोर्खा रेजिमेन्ट छ । इमानका साथ भारतको रक्षा गरिरहेको छ । भारत त्यो देश हो, जसले पाकिस्तानसँग लडाई हुँदा कार्गिलदेखि अनेक मोर्चामा गोर्खा सैनिकलाई फ्रन्टमा राख्यो । गोर्खा सेनाले आज पनि भारतको रक्षा र सुरक्षामा अहं भूमिका खेलेका छन् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सधैं गोर्खा सैनिकको अपमानमात्रै गरेका छन् ।
बेला बेलामा हुने सीमा र प्रतिआतंक भिडन्तमा गोर्खा सैनिक मारिन्छन् । भारतीय सेना मारिदा उनीहरुको घरसम्मै शव लगिन्छ्, सम्मान दिइन्छ । गोर्खा सैनिक मारिदा शव दिइदैन । उनीहरुको परिवारजनलाई समवेदना र शान्त्वनामात्र दिने गरिएको छ । यति बिघ्न विभेद मोदी सरकारले गरिरहेको छ ।
भदौ १४ र १५ को बिमस्टेक सम्मेलनमा सहभागी हुन नरेन्द्र मोदी नेपाल आएका छन् । उनको यो चौथो नेपाल भ्रमण हो । चारैपटक मोदीले भारतीय सेना र सुरक्षा दस्तासहित नेपाल भ्रमण गरेका छन् । अर्काको देशमा यसरी सशस्त्र सैनिक दस्ता नै बोकेर हिड्नु मोदीको बाध्यता होइन, नेपालमाथिको दबदबा, दादागिरी हो । किनभने बेलायतका युवराजदेखि अमेरिकी राष्ट्रपति, उत्तर कोरियाका सर्वोच्च नेताले नेपाली सुरक्षाकर्मीप्रति भरविश्वास गर्छन् तर मोदीको देशलाई बचाउने गोर्खा, गोर्खाका परिवारजन रहेको नेपाली सेनाप्रति मोदीको विश्वास नहुन दालमे कुछ काला है ।
प्रधानमन्त्री केपी ओली आफूलाई देशभक्त भन्छन् । यसरी विदेशी सैनिकले नेपाली भूमिभित्र नेपाली सेनामाथि समेत हैकमी प्रवृत्ति देखाउन दिनु भनेको नेपाली सेनाको मनोवल गिराउने कार्य हो । सरकारको यस्तो कार्यको जति निन्दा गरे पनि कम हुन्छ । योभन्दा राष्ट्रघात अरु के हुन्छ ?
नेपाली सेना नेपालको सेना हो, नेपालीको नमक खाएको सेना हो । देशप्रति बफादार सेना हो । नेपाली सेनाको मनोवल गिराउने ओली सरकारको सबैले निन्दा गर्नुपर्छ । -roshan k