Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आमाहरुको माँग निर्मलालाई न्याय देउ

११ सोमबार , भाद्र २०७५६ बर्ष अगाडि

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भयो । न्याय पाउँ भन्ने जनतामाथि लाठी, टियर ग्यास र गोली नै हान्या लोक सरकारले । दर्जनौं घाइते भए, देशैभरिका जनता सरकारको दमनविरुद्ध सडकमा उत्रिए, डरलाग्दो बिद्रोहका सन्देश दिए ।
सरकारले लगाएको निषेधाज्ञा, कफ्र्यू जनताले तोडिदिए । त्यसपछि सरकार हच्कियो । सन्नी खुनालाई शहीद मन्दै  १०–१० लाख दिने निर्णय मात्र गरेन, घाइतेको उपचारमा जुट्यो । ७ नम्बर प्रदेशका मुख्य मन्त्री धनगडीबाट मृतक सनी खुना र निर्मलाका परिवारलाई ५–५ लाख दिने घोषणा गरे । तैपनि जनविद्रोह रोकिएको छैन ।