Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसी सिंह गर्जियो : सैनिक शासन आउँछ

०४ सोमबार , भाद्र २०७५६ बर्ष अगाडि

काठमाडौं । दुईतिहाई बहुमत भएर मात्र हुन्न, माफिया र तस्करले घरेको छ ओली सरकारलाई । यो संविधान पनि खारेज हुन्छ, त्यसपछि सैनिकले शासन गर्छन्, देश सम्भाल्छन् ।
सांसद अमरेश कुमार सिंह कांग्रेसी हुन्, भारतका विश्वासपात्र मानिन्छन्, यिनले बोलेका धेरै कुरा मिल्छन् । अहिले यिनी जे बोलिरहेका छन्, ओली सरकारको ६ महिनामै जनअसन्तुष्टि र विद्रोहका स्वर सुन्दा लाग्छ, डा.अमरेश कुमार सिंह सही कुरा गर्दैछन् ।
सरकारका गलत र जनविरोधी  निर्णयहरु र स्थानीयदेखि संघीय सरकारसम्मले लगाएका करको भारबारे जनस्तरमै व्यापक बिरोध उठ्न थालेको छ । मुलुकी ऐनलाई बिस्थापन गर्न आएको संहिताको बिरोधमा नग्न प्रदर्शनहरु हुन थालेका छन् । बलात्कारीलाई फाँसीको माँग बढेको छ । यी यस्ता मुद्दाहरु हुन्, जसले दुई तिहाईको ओली सरकारको सातो 
लिइरहेको छ । ओली सरकार तैपनि जनताको कुरा सुनिरहेको छैन । ६ महिनामा धेरै काम गरियो भने ओली सरकारले ७४ पृष्ठ लामो पुस्तक नै प्रकाशित गर्‍यो, जनताले यो पुस्तक पढेनन्, च्यातिदिए । सरकारको आलोचना तीब्र रुपमा बढ्दो छ ।
यही बेलामा अमरेश कुमार सिंहको प्रतिक्रिया छ– जनआन्दोलनमा सबैभन्दा धेरै दु:ख गरिब,मधेशी,जनजाती र युवाले पाएका थिए । पंचायतकालमा पनि यति धेरै माफिया र बिचौलीयाहरु थिएनन् जति यो दश बर्षको अबधिमा जन्मिए । ति सब माफियाहरु राजनीतिक दलका वरिपरि घुमेका छन् र नेताहरु उनीहरुका घेराबन्दी तोड्न सक्दैनन । यो सरकारले सुशासन र समृद्धिको होइन गरिबलाई कसरी कर लगाउने भनेर सपना देखिरहेको छ । यो सरकार माफिया पोस्ने, एनसेलको कर कसरी छुट गर्ने र गरिबलाई कर बढाउने भन्नेमा लागेको छ ।
सिंहले भनेका छन्– यस्तो अकर्मण्य सरकार संविधान र व्यवस्था असफल पार्न र जनतलाई सडकमा उतार्न आफै लागिरहेको छ । जनयुद्ध माओवादीले सत्तास्वार्थका लागि गरेको रहेछ । गणतन्त्र भनेको एउटा राजा हटाएर चार वटा छोटे राजा बन्ने व्यवस्था भयो । राजाको चाहना आफू पनि बन्ने र आफ्ना सन्तान पनि बन्ने हुन्छ । तर गणतन्त्रमा नेताहरु आफू र आफन्त बनाउन लागेका छन् । यस्तो गणतन्त्रले द्वन्द्व बढाउँछ, सैनिक शासन निम्त्याउँछ ।
डा.अमरेश कुमार बेला बेलामा चर्चामा आइरहने नेता हुन् । भारतसँग साखुल्ले बन्न र निकट पुगेर सम्बन्ध बिस्तार गर्न प्रचण्डसम्मले पनि उनको प्रयोग गरेकै हुन् । यतिबेला उनको भनाइको चर्चा बढी छ ।