Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विप्लवको विद्रोहलाई जनसमर्थन छ तर

०४ सोमबार , भाद्र २०७५६ बर्ष अगाडि

काठमाडौं । नेकपा अर्थात विप्लव माओवादीले जनजिविकाका कुरा उठाएर विद्रोहको स्वर उठाइरहेको छ । यस्तो विद्रोहप्रति जनताको समर्थन बिस्तारै बढ्न थालिरहेको बेलामा नेपाल बन्द आह्वान गरियो र ठाउँ ठाउँमा कुकर बम, सुतली बम, गाडी जलाउने, ढुंगामुढा गर्ने कार्य मात्र भए, स्कूल कलेज पनि बन्द गराइयो । जसले गर्दा जनतामा त्रासदी देखियो ।
सरकारले आश्वस्त पार्न सकेन, सुरक्षा दिन पनि सकेन, खड्कबहादुर विश्वकर्मादेखि केही विप्लवका नेतालाई पक्राउ गरेर थुन्यो, विप्लवलाई नै पक्राउ गर्ने पूर्जी पनि काट्यो । सरकार यसैगरी भ्रमको खेती गरिरहेको छ । विप्लव विद्रोही हुन्, उनको पार्टीको अलग धार छ, राजनीतिक शक्ति पनि हुन् । राजनीतिक शक्तिलाई प्रहरी लगाएर निकास निस्कन्छ भनेर ओली, प्रचण्ड र रामबहादुर थापालाइ कसले गायत्री मन्त्र सुनाएछ ?
विप्लवलाई जनताको प्रश्न छ– नेपाल बन्द गरेर जनतालाई त्रसित पारेर विप्लवजी के उपलव्धि हासिल भयो ? ढाडमा हाड छ भने अराजक र अराजनीतिक सरकारको बाटो बन्द गर्नुस्, भ्रष्टाचारको अखडामाथि धावा बोल्नुस्, बलात्कारी र कमिशन एजेण्ड, माफियालाई कारवाही गर्नुस्, दिन काम गरेर छाक टार्ने बर्गलाई बन्द गराएर सरकारको रौं पनि हल्लियो कि हल्लिएन, विप्लव कसरी जनजिविकावादी, जनवादी ?
प्रश्न सरकारलाई पनि छ । सरकार राजनीतिक समस्याको हल राजनीतिक तरिकाले खोज । सुरक्षाकर्मी छ, दुई तिहाईको समर्थन छ भनेर फुइँकी लगाएर केही लछारपाटो लाग्दैन । धेरैका धेरै जयजयकारको हालत देखियो, यो सरकारले चुनाव जित्यो, जिताउने जनता ओली मूर्दावाद भन्न थालिसकेका छन् ।
सरकार अधिनायकवादी बन्दै गएको छ । यस्तो सरकारलाई सभ्य अनुरोधले छुँदैन । कडा प्रतिवाद गर्नैपर्छ । प्रतिवाद गर्ने ताकत छ भने विप्लवजी, यो सरकारलाई असिन पसिन हुनेगरी विद्रोह गर्नोस् भन्छन् आम नागरिकहरु ।