काठमाडौं । असार १४ र १५ मा फाइनल मिटिङ काठमाडौंमा सम्पन्न भयो र रिपोर्ट दुबै देशका प्रधानमन्त्रीलाई बुझाउने सहमति गरेको प्रवुद्ध समूहकोरिपोर्ट कता पुग्यो, अत्तोपत्तो छैन । १९५० को सन्धि, खुला सीमा व्यवस्थापनलगायतका नेपाल–भारतवीचका सबै समस्याको किटानी र निदानका उपाय पत्ता लगाउन गठन गरिएको प्रबुद्ध समूहले तलव भत्ता खाइरहेका छन् ।
सधैं नेपाललाई अस्थिर बनाइराख्ने १९५० को सन्धि फेर्ने, सुधार गर्ने सम्बन्धमा के निर्णय भयो, प्रवुद्ध समुदाय कुम्भकर्णे निन्द्रामा छन् । जनताले तिरेको करको करोडौं खर्च गर्ने, खानेहरुले जनतालाई सुसूचित गर्नु पर्दैन ?