Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मणिपुरबाट भारतले नेपाली लखेट्दैछ

२१ सोमबार , श्रावण २०७५६ बर्ष अगाडि

काठमाडौं । गैरभारतीय भन्दै मणिपुरबाट भारतले नेपालीलाई लखेट्न थालेको छ । पहिले भुटानी शरणार्थीलाई काकडभिट्टा ल्याएर छाड्दा ३० वर्षदेखि नेपाल शरणार्थी समस्यासँग जुधिरहेको छ । त्यसपछि म्यानमारका रोहिंग्या शरणार्थीलाई नेपालतिर लखेटेर अर्को शरणार्थी समस्या सिर्जना गराइसकेको भारतले अव भारतमा बसोबास गर्दै आएका नेपाली मूलका नागरिकहरुलाई नेपालतिर लखेट्न थालेको छ ।
नेपाली बस्ती भएका क्षेत्रहरुमा लुटपाट गर्ने, बलात्कारदेखि मार्नेसम्मका अपराध बढाएको भारतले नेपालीलाई तेरै नेपाल जा भनेर अपमानित गरिरहेको खबर छ ।
गतवर्ष भारतीय गृहमन्त्री राजनाथ सिंहले लखनौंबाट भनेका थिए– नेपालमा करोडभन्दा बढी भारतीय छन् । २ महिनाअघि भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आएर जानकी मन्दिरको दर्शन गरेका थिए । विदेश मन्त्ती सुषमा स्वराजले करोडौं भारतीयलाई संवोधन गरेको जानकारी 
संसदमै दिइन् । केही वर्षको अन्तरालमा भारतका विभिन्न राज्यमा बसोबार गर्ने नेपाली मूलका बासिन्दालाई दु:ख दिने, अमानवीय व्यवहार गर्ने भारतको बानी यसपल्ट फेरि देखाएको छ र भारत यसैगरी बेला बेलामा नेपाली मूलका बासिन्दाप्रति बहुला व्यवहार गर्छ ।
गैरभारतीयका नाममा नेपालीमूलका भारतीयलाई यसरी लखेटेर भारतले नेपालको ध्यानाकर्षण गर्ने र नेपालका शासकहरुलाई अन्य भारतीय स्वार्थहरुमा झुकाउने रणनीति पनि भारतको हुने गरेको छ । नेपालका प्रधानमन्त्रीले चीन र भारतसँग अति नै राम्रो सम्बन्ध बिस्तार र बिकास भएको भाषणबाजी गरिरहेका छन्, यति नै बेला भारतले नेपाली मूलका भारतीयलाई दु:ख दिएर लखेट्न थाल्नु भनेको नेपालमा अर्को शरणार्थी शिविर खडा पार्नु हो । यसकारण नेपाल सरकारले बेलैमा ध्यान दिएर मणिपुर लगायतका नेपाली मूलका भारतीयहरुबारे चासो राख्नु र भारतलाई सावधान गराउन जरुरी छ । भारतको यस्तो ज्यादतिले सम्बन्ध विकास भएको छ भनेर कसरी मान्ने ?