Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महिलाको छाला र पुरुषको मिर्गौला तस्करी

१४ सोमबार , श्रावण २०७५६ बर्ष अगाडि

काठमाडौं । नेपाली महिलाहरुको गोरो छाला निकालेर अफ्रिकनहरु गोरो बन्दै गएका छन् र छालाकै लागि नेपाली युवतीहरु तान्जानियासम्म पनि तस्करी भइरहेका छन् । मानव तस्करीको जालो कानुन जतिसुकै कडा भए पनि, सरकार जसको नेतृत्वमा बने पनि रोकिएको छैन, मानव तस्करी नेपालको दीर्घरोग बनिसकेको अवस्था छ । मानव तस्करीमा बडे बडे हस्तीहरुको समेत संलग्नता र संरक्षण देखिनुले पनि तस्करी बढ्दै छ ।
यति नै बेला मिर्गौला तस्करीको नयाँ र्‍याकेटको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पहिले काभ्रेको गाउँभरिका युवाहरुको मिर्गौला किनबेच गर्ने गिरोह अव चितवनका पहाडीया मूलका व्यक्तिहरुको मिर्गौला तस्करी हुनथालेको छ । चितवन प्रहरीले मिर्गौला तस्करी गरेको आरोपमा ५ जनालाई पक्राउ गर्नुले मिर्गौला तस्करीको जालो अव काभ्रेबाट चितवनसम्म पुगेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका हरि परियार, रौतहटका विक्रम पहरी, मकवानपुरका प्रकाश तामाङ, मोरङका दीपक लिम्बु र रसुवाका विशाल नेपाली रहेका छन् । मिर्गौला तस्करको सम्पर्कबाट भारतका विभिन्न अस्पतालमा मिर्गौल बेचेको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीको दावी छ ।
पक्राउ परेका पाँचै व्यक्तिले दिएको बयानअनुसार विभिन्न ठाउँका आर्थिक अभाव भएका व्यक्तिहरुलाई पहिचान गर्ने, तिनलाई लोभलालसामा पार्ने, कतिलाई काम दिलाई दिने भनेरसमेत भारत पुर्‍याउने र तिनको मिर्गौला बेच्ने गरेका हुन् । पक्राउपर्नेहरु खासै प्रभावशाली नभएकाले यिनको पछाडि को को छ भनेर प्रहरीले खोजबिन गरिरहेको बताइएको छ । यिनले एउटा मिर्गौला बेचेबापत एक लाखसम्म कमिशन
 लिने गरेका रहेछन्, जबकि भारतमा एउटा मिर्गौलाको मूल्य ५ देखि १५ लाख भारुसम्म पर्ने जानकारहरु बताउँछन् ।
मिर्गौला तस्करीको जालो फाड्न प्रहरी सफल भयो भने लहरो तान्दा पहरो गर्जने बताइन्छ । तर हरेक क्षेत्रमा अत्यधिक राजनीतिक संलग्नता हुनेगरेकाले मिर्गौला र महिलाको छाला तस्करीको जालो शक्तिशाली भउकाले त्यसलाई फाड्न मुस्किल देखिन्छ ।