Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आर्थिक सम्बृद्धिको कूटनीति अपनाउन सुझाव

१४ सोमबार , श्रावण २०७५८ बर्ष अगाडि

काठमाडौं । नेपाल चीन सम्बन्ध राम्रो छ । झन राम्रो बनाउनुपर्छ । यही निष्कर्ष निकाल्दै नेपाल चीन पारस्परिक सहयोग समाजले प्रेमसागर पौडेलको अध्यक्षतामा आयोजना गरेको नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६३औं वार्षिकोत्सबको उपलक्ष्य पारेर गत शनिवार सम्बन्ध सिंहावलोकन कार्यक्रम सम्पन्न भएको छ । सहआयोजक थियो– नेपाल थियान्ली पब्लिेकेशन एण्ड कल्चर कम्पनी प्रालि, डाँफे टीभी डट कम । सहभागीहरुले अवको नेपालको आर्थिक समृद्धिका लागि कूटनीति हुनुपर्छ, आर्थिक राष्ट्रवादतिर अघि बढ्नुपर्छ भन्ने विषयमा ऐक्यवद्धता जनाएका थिए ।
कार्यक्रममा हिरण्यलाल श्रेष्ठ, रत्न संसार श्रेष्ठ, डा.प्रेमसिंह बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए भने उपस्थित हुनेहरुमा नेकपाका सचेतक देव गुरुङ, साध्यबहादुर भण्डारी, कांग्रेसका प्रदीप पौडेल, राप्रपाका विष्णु भट्टराई थिए । अन्य सहभागीहरुमा समाजका विभिन्न तह र तप्काका बुद्धिनारायण श्रेष्ठ, पुण्य गौतम, धीरेन्द्र कोइराला, दुर्गाप्रसाद जैशी, रमेश पन्त, धर्मराज रेग्मी, आनन्दराम पौडेल, टीका धमला, विवेक शाह, सुरेन्द्र शर्मा, रवीन्द्रनाथ भट्टराई, केपी पाठक, प्रेम कैदी, कमल चौलागाईं, फणिन्द्र नेपाल, दीर्घराज प्रसाई, पुष्प प्रधान, राजेश अहिराज, राजन कार्की, सन्तोष ठाकुर, लक्ष्मी भट्टराई, शैलेन्द्र थापा, रोहित थापा, बाबुकृष्ण कार्की आदि व्यक्तित्वहरु सहभागी थिए ।
डा. प्रेम सिंह बस्नेत, जो नेपाली सेनाका पूर्व जर्नेलसमेत हुन्, उनको ऐतिहासिक पृष्ठभूमिदेखि अहिलेसम्मको नेपाल चीन सम्बन्धको सिंहावलोकन साह्रै चित्ताकर्षक थियो । अव नेपालीले देशभक्ति देखाएर नेपालीत्वको जगेर्ना गर्ने समय आयो भन्दै उनले नेपालले अपनाउनु पर्ने सुरक्षानीतिको गम्भीर सुझावहरु दिदै इतिहासदेखि अहिलेसम्म चीनले गरेको इज्जतिलो सम्बन्धको कायम राख्नुपर्ने बताए ।