काठमाडौं । केपी ओली, प्रचण्डसँगै हात हल्लाएर उभिने व्यक्ति दुर्गा प्रसाई हुन् । यी तिनै दुर्गा हुन् जसले आफ्नो भान्सामा मार्सी चामलको भात ख्वाए र म कति प्रभावशाली छु भनेर देखाए ।
दुर्गा प्रसाईसँगै उभिएर हात हल्लाउन गर्व गर्न नेता नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको स्तर तस्वीरले पनि देखाउँछ । झापामा दुर्गा प्रसाई र काठमाडौंमा राजेन्द्र पाण्डे हर्ताकर्ता रहेको वी एण्डी सी र मनमोहन मेमोरियल मेडिकल कलेजलाई मान्यता दिलाउन सरकार सत्याग्रहीमाथि दमनचक्र चलाइरहेको छ र दबाबले झुकिन्न भनिरहेका छन् ।
सडक तात्यो, जनता सडकमा उत्रिए, जनतालाई साथ दिन प्रतिपक्ष, नयाँ शक्तिदेखि अरु साना पार्टी हर्कतमा आइसकेका छन् । बुद्धिजीवी समेत डा.गोविन्द केसीको माँग पूरा हुनुपर्छ भनिरहेका बेलामा पहिले दुर्गा प्रसाईले र उनैको हाँमा हाँ मिलाएर कानुन मन्त्री शेरबहादुर तामाङले मेडिकल माफियाको पक्षमा, बंगलादेश अध्ययन गर्न गएका छोरीहरुलाई बंगलादेशका मेडिकल शिक्षकहरुले करणी गर्छन्, ९ वर्षसम्म बन्दी बनाएर दमन गर्छन् भनेर आरोप लगाइदिए । यो सब सुनेपछि नेकपाका नेता नारायणकाजी श्रेष्ठले समेत सहन सकेनन् र भने– कानुन मन्त्रीले राजीनामा दिनुपर्छ ।
पद बचाउन कानुन मन्त्री शेरबहादुर तामाङले आइतवार नै मन्त्रीको लेटरप्याटमा माफी माँगे ।
नेपाली छोरीको बदनाम गर्ने मन्त्री, मेडिकल माफिया दुर्गा प्रसाईलाई त्यस्तो बोल्नासाथ पक्राउ गरेर थुन्नुपथ्र्यो, नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड, तिनकै सरकारले अझै पनि यस्ता माफियाको अभिष्ठ पूरा गर्ने पक्षमा लागिरहनु नेपालको इतिहासमै दुर्भाग्यपूर्ण स्थिति हो । प्रधानमन्त्री ओली, सुशासन र समृद्धिको बारेमा निकै खोक्थे, छोरीचेलीको बदनाम गर्ने व्यक्तिहरुको टेकोमा पो अडेको रहेछ ।
आज सिंगो मुलुक आन्दोलित छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनेझैं आगो बलिसक्यो मुलुकमा । यो आगो निभाउनका लागि प्रधानमन्त्रीले तत्काल दुर्गा प्रसाईलाई पक्राउ गरेर जेल हाल्नुपर्छ र कानुन मन्त्रीलाई हटाउनुपर्छ भन्ने माँगले देशै घन्किरहेको छ । यतिमात्र होइन, बंगलादेश सरकारले कूटनीतिक माध्यमबाट आपत्ति जनाइसक्यो, मेडिकल काउन्सिलले गलत प्रचारबाजी भनेर खण्डन गरिसक्यो । बंगलादेश पढिरहेकी
युनिभर्सिटी टप महिला विद्यार्थीले हामीमाथि लाञ्छना लगाउनेमाथि कारवाहीको माँग गरिसकिन् । बंगलादेश पढेर आएका र पढिरहेका सबै विद्यार्थीहरुले दुर्गा प्रसाई र मन्त्री तामाङप्रति घृणा व्यक्त गरिरहेका छन् । यस्ता घृणित पात्र जो छोरीमाथि घृणित शव्द बोलेर सत्ता टिकाउन र सम्पत्ति कमाउने माध्यम बनाइरहेछन्, तिनलाई ओली र प्रचण्डले किन बोकिरहेका हुन् ? सबैले आश्चर्य प्रकट गरेका छन् । मन्त्री र दुर्गा प्रसाईका भिजुअल प्रमाण सामाजिक सञ्जालभरि व्याप्त छन् । अरु के प्रमाण चाहियो यो सरकारलाई ?
मन्त्रीले भनेका थिए– बंगलादेशमा हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिर्िफकेट लिनको लागि मैले सुन्याछु, उसले कहीं न कहीँ आफूलाई बेच्नैपर्छ । झापाको बिर्तामोडस्थिति बीएन्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले बंगलादेश पढ्न गएका हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन् ? त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका छन् ती केटीहरूलाई । योभन्दा घृणित आरोप छोरीमाथि अरु के हुनसक्छ ?