काठमाडौं । पहिलो महिला शंकराचार्य हेमानन्द गिरी नेपाली हुन् । उनले भनेकी छिन्– मलाई साथ दिनोस्, म हिन्दु धर्मका लागि जीवन दिन्छु । उनले सनातन धर्मको जागरणका लागि मेची–महाकाली रथयात्रा गर्ने घोषणा गरेकी छिन् । यो रथयात्राले देशलाई जोड्ने उद्घोष पनि गरेकी छिन् ।
हेमानन्दले गम्भीर कुरा बताइन्– वैज्ञानिक धर्मले सनातन धर्म कमजोर पारिदैछ, नेपालर्ला कमजोर देशका रुपमा घुँडा टेकाउने षडयन्त्र भइरहेको छ । त्यसविरुद्ध खरो रुपमा उत्रिने मेरो संकल्प हो ।