Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एकाएक कांग्रेस किन लचिलो ?

३२ सोमबार , असार २०७५६ बर्ष अगाडि

काठमाडौं । चिकित्सा विधेयकमा एकाएक कांग्रेस लचिलो भएको संकेतहरु देखिएका छन् । मेडिकल माफिया पोस्ने विधेयकप्रति कांग्रेस लचिलो हुनु भनेको विधेयक पारित हुनु, मेडिकल माफियाले जित्नु रडा. गोविन्द केसी अर्थात आमजनधार हार्नु नै हो । के कांग्रेसले फेरि एकपल्ट सैद्धान्तिक आत्महत्या गर्न खोजेकै हो ? त्यसै पनि कांग्रेस जनताको समर्थन जित्न असफल भयो, नेतृत्वले जिम्मेवारी लिन छाडेर फेरि कम्युनिष्टकै पुच्छर बन्ने ?
हो रहेछ क्यारे, देख्नेहरु डा.गोविन्द केसी र प्रा.केदारभक्त माथेमालाई मात्र कम्युनिष्ट देख्छन् । बाँकी सबै पुँजीवादी मुनाफाखोर । शेरले घाँस खाँदैन भन्थे, कांग्रेस सभापति शेरबहादुर देउवालाई मेडिकल माफियाले मजैले लठ्ठ पारेछन् क्यार भन्ने विश्लेषकहरुको प्रतिक्रिया नागरिक समाजमा झ्याँइझ्याँई बज्न
 थालेको छ । अव पनि नेकपाको स्वार्थमा नेपाली कांग्रेस हिड्यो र आफ्नो वर्चस्व कायम गरेन भने साँच्चै प्रम केपी ओलीले भनेजस्तो कांग्रेस विपक्षी नभएर सहयोगी बन्न जानेछ । प्रम ओलीले होच्याएर कांग्रेसलाई सहयोगी भन्नु र कांग्रेस माफियाको चक्करमा फसेर सहयोगीको भूमिका निभाउने हो भने नेपालमा कम्युनिष्ट शासन ५ वर्ष होइन, ५० वर्ष चल्न सक्नेछ ।
कांग्रेस आफूलाई समाजवादी भन्छ, ठान्छ र प्रजातन्त्रको बिडा उठाउने पार्टी भनेर फुर्ति पनि लाउँछ । प्रजातन्त्रमा प्रजाको हालत, प्रजाको हित र प्रजाको अपेक्षा नबुझ्ने कांग्रेसी नेतृत्व कसरी प्रजातन्त्रवादी हुनसक्छ, प्रश्न उठ्यो ।