काठमाडौं । जनअधिकारका लागि लड्छु भन्थ्यो युथफोर्स, अखिल, अखिल क्रान्तिकारी, वाईसिएल पनि जनअधिकारका लागि लडिन्छ भन्ने नारा घन्काउने गरेको थियो । लामो समय भो, यो जमात कतै देखिदैन, भेटिदैन ।
नेपाल स्वर्ग भइसकेछ कि, नेपालमा अन्याय समाप्त भएर सुशासन पो सुरु भएछ कि ? कि माउ पार्टी सत्तामा गएका बेलामा जस्तोसुकै अन्याय, अत्याचार, मनलागीतन्त्र चले पनि यिनले बोल्नै नहुने पार्टीको निर्देशनले हो कि ? देशमा न्याय मर्दै गइरहेको छ, न्यायका लागि समेत युथफोर्स बोल्नुपर्ने हो ? अन्याय त अन्याय नै हुनुपर्ने होइन र ? धेरेको प्रश्न छ ।