Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिन्दुधर्म सहितको राजसंस्था अपरिहार्य

२५ सोमबार , असार २०७५६ बर्ष अगाडि

काठमाडौ । केवी रोकाया अर्थात क्रिश्चियन पाष्टर । गतवर्षदेखि उनी हिन्दुधर्मसहितको राजसंस्था पुनस्र्थापना गर्न सकिएन भने नेपाल नै नरहने निष्कर्षमा पुगेर वकालत गर्न थालेका छन् ।
हिन्दुवादीहरु दक्षिणी आकाशतिर हेरेर गायत्रीमन्त्र जपिरहेका छन्, राजावादीहरु कोठे जयजयकार गरेर थाकेका छैनन् । सडक तताएर र ढुंगा हानेर धर्मनिरपेक्षता ल्याउने र विदेशी ताकतस“ग मिलेर राजसंस्था फाल्नेहरुस“ग लाप्पा खेल्ने ताकत नभएका हिन्दु र राजावादीहरु यसपटक पनि पूर्वराजा नेपालगञ्ज पुग्दा उतै गएर माहुरीको रानु जता उतै माहुरीको गोलो भन्ने उखान चरितार्थ पारे । यस्ता क्रियाकलापले नया“राजा बसेको सिंहदरवार र नया“ महारानीको शितल निवासलाई हावाले पनि छुन सकेको देखिदैन । पूर्वराजाका पाइला पाइलामा नागरिकको लु“डो लाग्छ तर पूर्वराजा चुपचाप बस्दा नागरिक समर्थन पनि सेलाउ“छ । यही कमजोरीले हिन्दुत्व र राजतन्त्रलाई कम्युनिष्टले लतारिरहेका छन् ।
बरु केवी रोकाया छन्, एक्लै भए पनि चिच्याइरहेका छन् । नेपालको अस्तित्व बचाउने हो भने हिन्दुधर्मसहितको राजसंस्था अपरिहार्य छ । धेरै देखियो, धेरै भोगियो । तर नेपालको सन्दर्भमा हिन्दुधर्मसहितको राजसंस्थाको न जोड छ, न कुनै तोड छ । यी दुबै अपरिहार्य छ ।
जो क्रिश्चियन धर्मका पाष्टरसमेत बने । देशविदेश घुमे । जहा“ जहा“ जान्छन्, उनले हिन्दुधर्म र राजसंस्थाको वकालत गरिरहे । यहीकारण यतिबेला केवी रोकाया क्रिश्चियन कम्युनिटीमा एक्लो बन्नपुगेका छन् ।
यिनले जसरी हिन्दुवादीहरु संगठित हुनसकेको भए, सबैले एउटै श्वरमा हिन्दुवाद र राजावाद बोकेर सडकमा निस्कन सकेको भए, ३ लाख क्रिश्चियन ४२ लाख पुग्ने थिएनन् । गरीवलाई पैसा दिएर रभ्रममा पारेर धर्मपरिवर्तनको धार कसरी उर्लिएको छ नेपालमा भनेर गार्जिएनदेखि न्यूयोर्क टाइम्सले समेत लेखिरहेका छन् । तैपनि हिन्दु र राजावादीहरुको नक्कली निन्द्रा अझै खुलेको छैन । यिनको यही सुतारो ताल कायम रहने हो भने ब्रम्हनालबाट हिन्दुधर्म र राजावाद ज्यू“दै फर्कन मुस्किल ठान्छन् क्रिश्चियन केवी रोकाया ।