Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पार्टीहरुमा किन सुनिता छैनन् ?

१८ सोमबार , असार २०७५८ बर्ष अगाडि

पालको असली उद्योग भनेको मानव बेचविखन हो । सरकारले युवायुवती निकासी गर्न बैध राजमार्ग नै खोलेको छ भने चोरबाटोबाट मानव वेचबिखन गर्ने उद्यगीहरु पनि व्यापक रुपमा सक्रिय भइरहेका छन् । मानव बेचबिखन दुस्कर्ममा राष्ट्रिय खेलकुद परिषददेखि सांसद, मन्त्री, राजनीतिकर्मी, समाजसेवामा लाग्नेहरुसमेत संलग्न भएका छन् । जसरी पनि युवा युवतीलाई विदेश लैजाने, लान दिने र मनलाग्दी पैसा उठाएर धनाध्ये हुनेहरुको ठूलै पंक्ति छ । यसैले नेपालीहरुले राम्रै कामका लागि समेत भिसा पाउन छाडेका छन् । विश्वसनीयता समाप्त पार्न राज्यसञ्जाल नै संलग्न भएका घटनाहरु छन् ।
काठमाडौं । विदेशमा बेचिएका युवतीको उद्धारमा माइती नेपालकी अनुराधा कोइराला, जेलमा परेकाका बालबालिका उद्धारक पुष्पा बस्नेत र मानव बेचविखन विरुद्ध आफ्नो जीवन अर्पण गर्ने सुनिता दनुवार विश्व चर्चित छन् । तर यस्ता चर्चित महिलाहरुको उपयोग सामाजिक चेतना बढाउन र समाजमा रहेका अन्धविश्वास हटाउन उपयोग गर्ने कुनै नीति सरकारले ल्याउन सकेको देखिदैन ।
महिलामुक्ति र समाजका अनेकन समस्याहरुसँग जुध्नेखालका हिम्मतिला महिलाहरु शक्तिशाली मानिएका विभिन्न राजनीतिक दलहरुमा किन छैनन्, राजनीतिलाई पेशा व्यवसाय बनाउन सबै तैयार छन्, समाज परिवर्तनको डंका पनि पिट्छन्, समाजमा सुनिता दनुवारले जसरी काम गर्ने जाँगर र हौसला कुनै राजनीतिक दलमा आवद्ध महिलाहरुमा नदेखिनु राजनीतिकै उपहार हुनपुगेको छ । यस्तो राजनीतिले देशलाई स्वर्ग बनाउँछु भनिरहेको छ । विश्लेषकले पत्याउन सकेनन् ।
सुनिता दनुवारलाई टिप हिरो अर्थात अन्तर्राष्ट्रिय सम्मान दिइएको छ । उनले यो सम्मान मानव बेचबिखन विरुद्ध जीवन नै अर्पण गरेबापत प्राप्त गरेकी हुन् । राजनीतिमा चुनाव जित्न, मन्त्री हुन, विभिन्न आकर्षक पदमा पुग्न नेताहरु मरिहत्ते गरिरहेको देखिन्छ, यसरी देशभित्र काई बनेको मानव बेचबिखन विरुद्धको अपराधलाई न्यूनिकरण गर्न कुनै नेता अग्रसर भएको देखिदैन । उल्टै मानव बेचबिखन गर्न पाउनुपर्छ भन्ने खालको लविङ गर्छन्, आफूले सुविधामा पाएको रातो पासपोर्टसमेत मानव बेचबिखनमा प्रयोग गर्छन् ।
सुनिता दनुवार पीडित तथा जोखिममा परेका व्यक्ति समुदायलाई सेवा गर्न शक्ति समूह गठन गरेर लागिपरेकी छिन् । उनलाई कुनै पार्टीमा जानु, मन्त्री हुनु जरुरी लाग्दैन । पीडितलाई राहत र पीडकलाई सजाय दिनु नै उनको मूल उद्देश्य हो । यथार्थमा समाजले खोजेको राजनीतिले दिन सकिरहेको छैन ।
५२ लाख युवायुवती विदेशमा छन् । केही प्रतिशतले राम्रो काम, दाम पाएक होलान्, अधिकांश समस्यामा छन्, शोषणमा परेका छन् । कति जेलमा छन्, कति सडकमा । कति सहीमार्गबाट वैदेशिक रोजगारीमा गएका होलान् धेरै  बेचिएका पनि छन् । मानव बेचबिखन सम्बन्धी चेतना जगाउन नसक्नु ठूलो चुनौति हो । सुनिता दनुवारले यही चेतना जगाउने काम गरिरहेकी छिन्, यो काम सरकारलाई सानो लाग्ला तर योभन्दा महत्वपूर्ण काम अरु छैन नेपालमा ।
अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पिेओले हालै मानव बेचबिखन रिपोर्ट सार्वजनिक समारोह मै सुनिता दनुवारलाई यसरी सम्मानित गरेको हो । हाम्रो सरकार यस्ता सुकर्म गर्नेहरुलाई किन उत्साहित र प्रोत्साहित गर्न सक्दैन, आश्चर्य लाग्छ ।