'बाहुनजति काँशी जा, क्षेत्रीजति फाँसी जा' यस्ता अतिवादी नारा फेरि घन्किन थालेका छन्। क्षेत्री, बाहुन नै हुन् आवासी जनजातिलाई पहिचान नदिने, शोषक र सामन्त भन्ने विषालु भावना
फैलाउन थालिएको छ। हो, क्षेत्री, बाहुन धनी होलान् तर सबै होइनन्। सामन्त पनि होलान्, सबै होइन। १२५ जातिको मुलुकमा धनी र सामन्त अरु जाति पनि छन्। क्षेत्री, बाहुन पनि आदिवासी नै हुन्। नयाँ नेपाली होइनन्। मुलुकको विविधतामा एकता
कसरी कायम राख्न सकिन्छ र यो एकतामा कसरी समानताको गुण भरिपूर्ण गर्न सकिन्छ? यो विषयमा सोच्न छाडेर आइएनजीओहरु लगानी गरिरहेका छन्– जातजातिवीच रणसंग्राम मच्चाउन। एक नेपालीले अर्को नेपालीलाई सिध्याउँदा विदेशीलाई
रमाइलो लाग्नु स्वभाविक हो, तर हामी आफै किन बुद्धिमा बिर्को लगाएर नेपाली एकतालाई विभाजित र भूभागलाई खण्डित गर्न खोजिरहेका छौं? यो चाहिँ दुर्भाग्यपूर्ण स्थिति हो।
नेपाल नेपालीको हो। सबै नेपालीको बराबर हक छ। सबैको पहिचान र अस्तित्वको सवालमा साझा सहमति र साझा धारणाको आवश्यकता छ। एउटाले अर्कोलाई काँशी देखाउनु र फाँसी दिलाउन भनेको अतिवाद हो। यस्तो अतिवाद आयात
गरिदैछ। क्षेत्री र बाहुनलाई अन्य जातिमा राखियो, सहेर बस्यो यो समुदाय। नेपालको जनसंख्याको आधारमा हेर्ने हो भने सबैभन्दा बढी ३२ प्रतिशतभन्दा ज्यादा जनसंख्या छ क्षेत्री, बाहुनको। तर यी जातिलाई अन्यमा राखेर किन विभेद गरियो? किन
क्षेत्री, वाहुनमाथि विभेद गरिदैछ। आज सडकदेखि प्रशासनसम्म क्षेत्री, वाहुन अछुतमा पर्न थालेका छन्। क्षेत्री, वाहुन एक भएर समानताका लागि आवाज उठाउने बेला भयो। संविधान निर्माणका बेलामा क्षेत्री, बाहुन किन जिब्रो तालुमा टाँसेर बसेका
छन्। क्षेत्री समाज, क्षेत्री–बाहुन समाज गठन भएका छन्, तर तिनीहरुको क्रियाकलाप शून्य भएर गएको छ। किन? क्षेत्री, बाहुन निमिट्यान्न पारेपछि यो समुदाय उठेर पनि के काम लाग्ला र? यही बेला हो, सबै थरिका क्षेत्री, बाहुन र संगठनहरु संगठित
भएर अस्तित्व, पहिचान र समानताको हक लिनका लागि अग्रसर हुनुपर्छ। देश निर्माणमा पुर्खाहरुले ज्यानको बाजी लगाए, अव यही देशमा क्षेत्री, बाहुन अस्तित्वहीन हुँदैछन्। किनहरु आफ्नो पहिचान किन जातीय पहिचानका लागि सचेत र संचेतन
भएर अगाडि बढ्दैनन्? क्षेत्री र बाहुन समाज भन्छ– हामी संघर्षरत छौं। कहाँ देखिन्छ क्षेत्री रबाहुनले संघर्ष गरेको खोई? हिजोका दिनमा सडकमा सलहजसरी उत्रिएका थिए क्षेत्री, बाहुन, आज उनीहरु मौन छन्, कुनै क्रियाकलाप गरिरहेका
देखिदैनन्। सबै जातजाति आआफ्ना हक, अधिकार लिन तँछाड मछाड गरिरहेका छन्, नेपालको झण्डा बोक्ने क्षेत्री, वाहुनचाहिँ नेपालको रक्षा र जातीय समानतामा किन पछि परेका होलान्? आश्चर्य छ।
क्षेत्री, बाहुनविरुद्ध यति धेरै घृणा फैलाउन थालिएको छ कि यो असह्य हुनथालिसक्यो। कहिले पहाडीयाका नाममा मधेसवाट खेदिने पनि क्षेत्री, वाहुन। शासन–प्रशासनमा खेदिने पनि क्षेत्रीवाहुन नै देखिएका छन्। संविधान निर्माणका बेलामा यही
बर्गको खेदो खनिदैछ। जातीय संघीयता र क्षेत्रीय संघीयताका लागि पनि क्षेत्री बाहुन नै राजनीतिक आगोमा झुल्सिदैछन्। क्षेत्री बाहुन जाग। हिजो देश बचाउन लड्यौ, आज फेरि देश जातीय विभाजन, क्षेत्रीय बिखण्डनको खतरामा परेको छ। त्यसैले
ब्यूँझने बेला भयो क्षेत्री, बाहुन। अन्यथा अवेर भएपछि पछुताएर के काम? यही बेला हो, क्षेत्री बाहुनले जातीय विभेदको अन्त्य गर्न र सबै जातिको समान हक कायम गराउने संघर्षमा निर्णायक भूमिका खेल्ने। यतिबेला चुके, पछुताउनु पर्ला है।
क्षेत्री,बाहुनविरुद्ध घृणा नफैलाउ
एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमले ३० दलीय मोर्चालाई चेतावनी दिएका छन्: गल्ती नगर्नोस्, क्षेत्री, वाहुनविरुद्ध घृणा नफैलाउनोस्। कुनै पनि हालतमा क्षेत्री, वाहुनसँग बदलाको भावनाले गरिने जातीय आन्दोलन सफल हुन्न।
मिडिया सेन्टरको मञ्चमा उभिएर गौतमले यस्तो चेतावनी दिइरहदा राष्ट्रपति डा.रामवरण यादव चीन जाँदैछु भन्ने हौसलासहित ठूला दलका बडे नेताहरुलाई वार्ता, सहमति र संविधान निर्माण गर्न लिखित बक्तव्य सुनाएर शितल निवासमा शान्त चियापान
कार्यक्रम गरिरहेका थिए। आश्चर्य? गौतमको भनाई छ– जातीय, धार्मिक र सामाजिक विभेद अन्त्य गर्ने कसम हामी सबैले खाएका छौं। बदलाको भावनाले भेदभावको अन्त्यका लागि हिन्दु वर्णाश्रमविरुद्ध खनिदा यसबाट निस्कने नतिजा दुर्भाग्यजनक
हुनसक्छ। बाहुन, क्षेत्री सबैलाई झुण्ड्याएर, छाला काढ्नैपर्छ भन्ने सोचाई राख्न् आन्दोलनले तातोपानी लाग्दैन। एउटै जातिको नाममा सबै जातिको पहिचान कायम हुने राज्यको सपना सार्थक हुनसक्दैन। मानव जाति खोजौं, एकल जातिको हठ त्यागौं।
अवको संघीयता भनेको साझा पहिचान हो, साझा पहिचान भनेको नेपाली हो। न जाति जाति, न भेग र भूगोल छुट्याउन सकिन्छ।