Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देउतलाइ मन्दिरमा, महिलालाई घरमा

१८ सोमबार , असार २०७५६ बर्ष अगाडि

काठमाडौं । यो अछामको खबर हो । छाउपडी प्रथा कूसंस्कार हो, यसलाई उन्मूलन गर्नैपर्छ भनेर देशव्यापी आवाज उठिरहेको बेला, विदेशी दाताहरुले आइएनजीओमार्फत चेतना जगाउने कार्यक्रममा डलरको ओइरो लगाइरहेका बेला, महिलाको हक, हित र स्वास्थ्य बचाउन र सामाजिक र आर्थिक विकासका लागि छाउ प्रथा बाधक रहेको निष्कर्ष निक्लिरहेको बेला, सुर्खेतदेखि अछामसम्म, बाजुरादेखि हुम्लासम्म छाउप्रथा हटेको छैन । हाम्रा छाउ देउता रिसाउँछन् सम्म भन्छन् गाउँलेहरु र जति छाउगोठ भत्काइन्छ, उति नै महिलाहरु छाउ गोठ बनाउँदै पनि छन्, महिनावारी बार्दै पनि छन् ।
महिलाको महिनावारी भएका बोलमा घरमा बस्दा छुवाछुत हुन्छ, अरुसँग संसर्ग गर्नुहुन्न, देउता रिसाउँछन्, गोठमा लुकेर बार्नुपर्छ, यही हो छाउप्रथा । आमविश्वास छ, छाउ नबार्दा छाउ देउता रिसाउँछन्, परिवारमा घोर अनिष्ट हुन्छ भन्ने आम जनको मनको भय चेतनाले भगाउन नसक्दा यो प्रथाले महिलाहरुको अकालमै ज्यान गइरहेको छ ।
सुदूर पश्चिम अछामको रामारोशन गाउँमा छाउपडी अन्धविश्वास हो, छाउगोठमा बस्न पर्दैन भन्ने चेतना जगाउनका लागि छाउगोठ भत्काएर मन्दिर बनाउने अभियान सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष छन् झंकर साउद, नेपाल डेलीसँग कुरा 
गर्दै उनले छाउपडी प्रथा अन्त्यका लागि घरभित्र राखिएको देवताका माण्डा (देवताका नाममा राखिएका भाँडाकुडा) लाई घरबाहिर मन्दिर निर्माण गरी राखिने र महिनावारी भएका महिलालाई घरभित्र राख्नका लागि देवताबाहिर छाउपडीभित्र कार्यक्रम सुरु गरिएको बताएका छन् ।
एउटा गाउँका सात वडा छन्, सातै वडामा गरेर ५० वटा मन्दिर बनाउने र घरका देवतालाई घरबाहिरको चोखो ठाउँमा बनाइएको देवता लगेर राखेर महिनावारी भएका महिलालाई घरभित्रै बस्ने वातावरण निर्माण गर्दा छाउप्रथा हटाउन सकिने विश्वास गाउँपालिका अध्यष साउदको छ । यसका लागि बजेटको व्यवस्था समेत गरिएको छ ।
छाउप्रथा हटाउने र महिलालाई अकालमा बच्नबाट जोगाउने र संचेतनाको नयाँ युग सुरु गर्ने हो भने रामारोशन गाउँपालिकोको अभियान अन्यत्र किन लागू नगर्ने ? सरकारले विचार गर्न जरुरी छ ।