Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओली तस्कर, माधव भँडुवा

०९ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

सत्तारुढ एमालेलाई सत्तासुख अथवा घ्यू नपचेजस्तो छ। एउटै म्यानमा दुई तरवार बस्न सक्दैन भनेझैं माधवकुमार नेपालले ओली र ओलीको पार्टी नेतृत्वलाई चुनौति दिन थालेका छन्। एमाओवादीका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालको ओलीप्रतिको

दृष्टिकोणमा समानता देखिन थालेको छ। यसको अर्थ ओलीलाई परास्त गर्न ग्य्राण्ड डिजाइन सुरु भएको अनुमान विश्लेषकहरुले गरेका छन्। यसैको प्रतिफल हो: संस्थापनपक्ष विरुद्ध माधबकुमार नेपालले पार्टीभित्रको मनमुटावलाई सतहमा

ल्याइदिएका छन्। यतिमात्र होइन, ओलीको पार्टी नेतृत्व निरंकूश रहेको खुलासा गरिदिएका छन्। ओलीविरुद्ध माधव नेपालले खोलेको यो 'फाइरिङ'ले अन्ततोगत्व दोस्रो ठूलो पार्टी बनेको एमालेले छिटै भोग्नुपर्ने विश्लेषण पनि हुन थालेको छ। तथापि

नेताहरुमा चेत खुलेको छैन। पर्यवेक्षकहरु भन्छन्: ओलीलाई प्रधानमन्त्री बन्न नदिन माधव नेपाल पहाड बनेर उभिन थालेका छन्। ओलीलाई पार्टीभित्र डन र तस्कर पालेको आरोप लगाउँदै यस्तै स्थिति रहने हो भने पार्टी फुट्नसक्छ भन्नेसम्मको

दुर्भाग्यजनक दनक दिएका छन् बरिष्ठ नेता माधव नेपालले। बरिष्ठ नेताको काम पार्टीभित्र सहजकर्ताको भूमिका खेलेर पार्टीलाई मजबुतिकरण गर्ने हो कि पार्टी नेतृत्वको बालको खाल उखेलेर विरोधीहरुका लागि गाईजात्रे तमासा देखाउने?

एमालेभित्रका होनहार युवापंक्तिसमेत कित्ताकाट भएर सडकमा उत्रिन र एकदोस्राप्रति अन्तन्तै तिक्तता पोख्न अगाडि सरेका छन्।
केपी ओली मौन छन् तर ओलीको माउथपिस बनेकी विद्या भण्डारी र ओलीका लागि दह्रो खुट्टा टेकेर उभिएका उपप्रधानमन्त्री वामदेव गौतमले संविधान बन्न नदिने साजिसकर्ता माधव नेपाल हुन् भनेर किटानी अभिव्यक्ति दिएका छन्। अर्थात तँ तँ, म

म को मतभेद चर्केर, छचल्किएर पोखिदो छ। गत शनिवारको युवा संघको काठमाडौं, हेटौंडामा सम्पन्न भएको समानान्तर परिषदको कार्यक्रममा जे दृश्य देखियो त्यसले एमाले अव टुक्रिने स्थितिमा पुगिसकेको संकेत गरेको छ। राजधानीबाटै माधव

नेपालले आरोप लगाए– एमालेलाई डन र तस्करहरुको अखडा बन्न दिन्न। युवा संघमा हुकुमी शासन चल्न थालेको छ। युवा संघ नेपालमा अपराधिकरण बढ्दै गएको छ, त्यसले युवा संघलाई बदनाम बनाउने खतरा रहेको ठोकेर भनिदिए। यो ठोकुवा

यथार्थमा केपी ओलीको नेतृत्वलाई ठाडो चुनौति हो। किनभने माधव नेपालकै शव्दमा 'अध्यक्ष नै युवा संघ हो, मैले जे भन्छु त्यही  विधान  हो भन्ने संस्कृति देखिएको छ, मलाई डर छ, यो रोग पार्टीमा पनि सर्नसक्छ।' यही कार्यक्रमबाट माधव नेपालले

कठोर निर्णय लिन सक्ने चेतावनी दिएपछि एमालेभित्रको बढ्दो रडाको छताछुल्ल हुनपुगेको हो।
के कम संस्थापन पक्ष। राजधानीमा दिलु पन्तले भन्दा भव्य युवा संघको केन्द्रीय परिषदको भेला कार्यक्रम सिर्जना पालले हेटौंडामा आयोजना गरिन्। यो कार्यक्रममा नेतृ विद्या भण्डारीले माधव नेपाल पार्टी हित विपरित गुट राजनीति गरिरहेको र वार्ता

र सहमतिका विरोधी पनि माधव कुमार नेपाल भएको आरोप लगाइन्। यसरी शक्तिशाली एमाले युवा संघ केन्द्रीय झगडाको सिकार भएर टुटफुटमा परेको छ। यसको नराम्रो असर एमाले पार्टीभित्र कूट कूट गुटमा परेको छ। एमाले नेताहरुले दोस्रो

ठूलो पार्टी हुनुको गरिमा र त्यसको जिम्मेवारी निभाउन सक्दैनन् भन्ने प्रष्ट हुनपुगेको छ। एमाले भूकम्पीय जोखिममा पुग्यो। तत्काल ओखतीमूलो गरेर पार्टी नेताहरुवीच सुलह नहुने हो भने यो फिलिङ्गोले एमालेभित्र डढेलो सल्कन सक्छ भन्छन्

एमालेहरु नै।