Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

डा.गोविन्द केसी सडकमा उत्रिए

११ सोमबार , असार २०७५८ बर्ष अगाडि

काठमाडौं । डा.गोविन्द केसी फेरि सडकमा निस्किएका छन् । यसपटक उनले  चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न माग राखेका छन् । संसदको छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक जनमैत्री र सर्वसुलभ भएको दावी गर्दै  डा गोविन्द केसीको नेतृत्वमा नागरिक अभियन्ताले त्यसलाई संशोधन नगर्न, गरे फेरि सडक संघर्ष गरिने जनाउ दिएका छन् । डा.को समूहले संसदले बरु त्यो विधेयक चाँडो पास गर्नुपर्छ भनेका छन् ।
डा. गोविन्द केसी र उनका समर्थक अभियन्ताहरुले माइतीघर मण्डलामा धर्ना दिदै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको मापदण्ड लागू गरिनुपर्ने, गुणस्तरीय र नि:शुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएका त्रिवि उपकुलपतिलगायत सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने, माइतीघरलगायत केही स्थानमा निषेधाज्ञा घोषणा फिर्ता गर्नुपर्ने, चिकित्सकमाथि हुने धम्की तथा आक्रमण रोक्न तत्काल कानूनको निर्माण र कार्यान्वयन गर्नुपर्नेलगायत मागहरु अगाडि सारेका छन् ।
डा. केसी र यो समूहले मुलुकमा चिकित्सा क्षेत्रमा देखिएको अनियमितता, व्यापारीकरण र भ्रष्टाचारलाई नियन्त्रण गरी सर्वसाधारणलाई गुणस्तरीय सेवा उपलब्ध गराउन लामो संघर्षपछि प्राप्त विधेयकमा व्यवस्था छ, त्यो व्यवस्था संशोधन नगरियोस् भनेको छ ।