Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कम्युनिष्ट शासनमा सडकमै दूधको खोलो

०४ सोमबार , असार २०७५६ बर्ष अगाडि

काठमाडौ । पहिले चितवनका अहिले झापाका किसानले सडकमै दूध पोखेर दूधको खोलो बगाइदिएका छन् ।
राजधानीलगायतमा रहेका ४२ डेरी उद्योगको नियमन गर्दा अखाद्य र सोडा लगायतका मन्दविषयुक्त केमिकलहरु मिसावट भएको पाइयो । यसरी दूधमा धाँधली गर्ने डेरी उद्योगहरुले जनस्वास्थ्यमा खेलबाड गरेर सेता दूधबाट कालो धन कमाइरहेको एकातिर तीतो यथार्थ छ भने अर्कोतिर ऋण गरेर दुग्ध उत्पादन व्यवसायमा लागेका किसानहरुको असली दूध नबिकेर सडकमा पोख्नु परेको छ । असार २, ३ गते झापाको शरणामतीका सयौं किसानले दूध यसरी नै बगाए ।
किसानको यो विरोधको श्वर सिंहदरवारले सुनेन । गाउँ गाउँमा सिंहदरवार पुगेको दावी गर्ने सरकारले किसान किन यसरी सडकमा दूध पोख्न बाध्य छ, यसको तत्काल उचार खोज्नुपर्ने हो । ऋणधन, मेहनत गरेर दुग्ध उत्पादन गर्ने किसान नैमारमा पर्छ भने नेपाल कसरी कृषि प्रधान देश भयो र ? लोकतन्त्रले लोकको मेहनतको यसरी अपमान गर्ने ?
यिनले लिएको ऋणको सावाव्याज कसरी तिर्ने ? किसानलाई निराश पारेर सरकारले गर्न खोजेको के हो ? सेतो दूधमा कालो व्यापार चम्किदै गएको छ, दूधको माँग आपूर्ति गर्न नसक्दा पाउडर दूधको समेत प्रयोग भइरहेको छ । यो अवस्थामा देशभरिक दुग्ध उत्पादकहरुलाई प्रोत्साहित गरेर तिनले उत्पादन गरेको दूध संकलन गरी माँग बढी भएको क्षेत्रमा आपूर्ति गर्नसके, सरकारलाई पनि लाभ, किसानलाई पनि लाभ । यस्तो गर्नेपर्ने काम गर्न सरकार किन पछाडि ?
किसानको समस्या भनेको दूध बिकेत । पाउडर र केमिकलबाट बढी नाफा हुने भएपछि डेरी उद्योगहरुले दूध खरिद गर्न छाडेको किसानको आरोप छ । किसानको उत्पादन दूध खरिद नगर्ने, आपूर्ति बढेर जानुको रहस्यको अनुगमन र नियमन सरकारले किन गर्दैन ?
गाईभैंसी दाना किन्न ऋण दिने, उत्पादित दूध नकिन्ने ? यो त किसानमारा नीति भइहाल्यो नि । किसानले घाँस समेत रोपे, किसानको लगानी राजमार्गमा बगाउन परेपछि कहाँ देखियो सरकार ?