Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वाम सरकारमा फेरि कूशासनकै चक्कर

०४ सोमबार , असार २०७५६ बर्ष अगाडि

काठमाडौं । गृह मन्त्रीले काम नगर्ने ठेकेदारको सूची खोतलेर कारवाही सुरु गर्‍यो । आइएनजीओ, एनजिओहरुको  सम्पत्ति विवरण छानबिन गर्ने निर्णयमा पुगे । सुन काण्डका ठूला माछाको आन्द्राभुँडी खोतल्छु भने । माफिया रिसायो, नराम्ररी रिसायो । बादको उछित्तो काढ्न अरु त लागे लागे, ओली सरकारकै मन्त्री पनि लागेको देखियो ।
गृहमन्त्री रामबहादुर थापा विरुद्ध भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मोर्चा नै खोले । मेरो कार्यक्षेत्रमा किन हस्तक्षेप भनेर भ्रष्ट ठेकेदारको पक्षमा यातायात मन्त्री उभिदा प्रधानमन्त्री चुँइक्क बोलेनन् । मन्त्री महासेठले सार्वजनिक समारोहमै  निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको प्रत्याभूतियुक्त अभिब्यक्तिसमेत दिन भ्याए ।
सरकारभित्रै यसरी भ्रष्ट ठेकेदार, माफिया र सुशासनका वीचको मन्त्री मन्त्री विवादले वाम सरकारमा फेरि कूशासनकै चक्कर चल्न थालेको छ । कामचोर ठेकेदारको पक्षमा मन्त्री उभिदा पनि नबोल्ने प्रधानमन्त्री कुन खालको समृद्धि, शान्ति र सुशासनको पक्षमा रहेछन्, स्पष्ट भएन र ?
भ्रष्टलाई टपाटप टिपेर फालिन्छ भन्ने भाषण गर्ने प्रधानमन्त्री केपी ओलीको कथनलाई उनकै मन्त्रिमण्डलका सदस्यले गलत सावित गरिदिएका छन्, कठै ओलीजी ।