Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपाको हिरो बालकृष्ण ढुंगेल

१४ सोमबार , जेठ २०७५६ बर्ष अगाडि

काठमाडौं । एमाले र माओवादी केन्द्र देशमा सुशासन, सम्बृद्धि र बिधिको शासन ल्याउन एकता गरेको भन्ने प्रचण्ड र ओलीको घोक्रो फुकाइ जारी रहेकै बेलामा नेकपाको पहिलो ठूलो कम भनेको हत्या गरेको आरोपमा जन्मकैद र सर्वस्वहरण गरिएका बालकृष्ण ढुंगेललाई हिरो बनाएर जेलमुक्त गर्ने अभियान हुनपुगेको छ ।
नेकपाको हिरो बालकृष्ण ढुंगेल । प्रचण्डपथ र ओलीपथ मिसिएर बनेको नयाँ रसायनको रसिलोपन यस्तो हुनेरैछ ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा गत कार्तिकमा मात्र पक्राउ परेर जेलमा पुगेका बालकृष्ण ढुंगेललाई कैद माफी दिएर रिहा गर्ने प्रस्ताव नियोजित रुपमा मन्त्रिमण्डल पुर्‍याइएको हो । नेकपाको यो कार्यप्रति सामाजिक सञ्जालदेखि कानुनविदसम्मले असन्तुष्टि जनाएका छन्, सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । तर सर्वशक्तिमान सरकारलाई कसले हल्लाउने, अधिनायकवादको पहिलो नमूना नेपाल कम्युनिष्ट पार्टीको यही निर्णय बनेको छ । विपक्षी कमजोर हुनुको परिणाम हो यो ।
मन्त्रिमण्डलले बालकृष्णलाई माफी दिने निर्णय गरेपछि राष्ट्रपतिले लालमोहर लगाउनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रपति पनि नेकपाकै नेतृ थिइन, यसकारण उनको असहमति रहने र सरकारलाई किन भनेर सोध्ने साहस रहनेछैन ।
जन्मकैद भनेको २० वर्ष हुन्छ, त्यसको ४० प्रतिशत कैद भुक्तान गरेपछि सरकारले माफी दिनसक्ने कानुनी आधारमा टेकेर बालकृष्णलाई आजै रिहा गर्न लागिएको हो । यस घटनामा मानवाधिकारवादीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । अदालतको मुद्दाको सुनवाईलाई पर सार्ने प्रपञ्च मिलाएपछि सरकारले निर्णय लिन सजिलो भएको छ । विधिको शासन चलाउने, लोकतन्त्रका गरिमा र महिमा कायम राख्ने, सुशासन कायम गरेरै छाड्ने भनेर प्रतिवद्ध सरकारले बालकृष्ण ढुंगेलजस्ता आमनागरिक समाज, मानवाधिकारकर्मी, द्वन्द्वपीडित, कानुनविदहरुले समेतले रिहा गर्न हुन्न भन्दाभन्दै रिहा गर्छ भने अपराधीलाई हिरो र सरकार जिरो बन्न खोज्छ भने यो अर्को दुर्भाग्य हुनेछ ।