Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चारभाइ माओवादी मिले के हुन्छ ?

१४ सोमबार , जेठ २०७५६ बर्ष अगाडि

काठमाडौं । माओवादी केन्द्र एमालेसँग एकता भएपछि नेकपा सबैभन्दा ठूलो पार्टी त बन्यो तर विपक्षमा रहेका संविधान विरोधी ४ माओवादी यतिबेला विद्रोहको तैयारीमा छन् । नेकपाविरुद्ध चारै पार्टी एकैश्वरमा आलोचना गर्दैछन् ।
यी चार माओवादीमा मोहन बैद्य, विप्लव, गोपाल किराँती र विश्वभक्त दुलाल आहुती अर्थात यी आफूलाई असलमा माओवादी ठान्छन् र यिनको एकताको कुरो चलेको छ ।
यी चार भाइ माओवादी मिले भने के होला ?
त्यसै पनि विप्लव माओवादीको विद्रोह र सशस्त्र विद्रोह गर्ने तैयारीले ठूलै सनसनी फैलाइरहेको छ । सप्तरीदेखि दाङसम्मका जंगलमा सशस्त्र तालिम दिएर ठूलो संख्यामा आवद्ध युवाहरुलाई सशस्त्र विद्रोह सिकाइरहेको र हतियार थुपार्न थालेको खबरले त्यसै पनि तहल्का मच्चिरहेकै छ ।
त्यसमाथि ओली सरकारले विप्लवलाई थुन्ने वा मार्नेसम्मका योजना बनाएका समाचारहरु आइरहेका छन् । जसले गर्दा आगामी दिन रक्तपातपूर्ण हुने सम्भाबना नकार्न सकिदैन । यही कारणले गर्दा नेपाली कांग्रेसका नेताहरु विद्रोहीलाई निकास दिन र मूलधारमा ल्याउन संवाद गर्न र एउटा समाधान निकाल्न सुझाव दिइरहेका छन् । पेलेरै र हेपेरै अगाडि बढ्ने हो भने कम्युनिष्टको दिनगन्ती सुरु भयो भनेर सबै कांग्रेसी नेताहरुको एउटै मुख हुनथालेको छ ।
प्रचण्ड र माओवादी एकै हो भनिने गरेको थियो । प्रचण्डले माओवादी केन्द्रलाई एमालेसँग मिलाएपछि वैद्य, विप्लव, किराँती र आहुती असली माओवादी हामी हौं भन्दैछन् । यिनीहरु एक्लाएक्लै हिड्नुभन्दा पनि मिलेर हिड्ने मनस्थितिमा रहेका छन् । त्यसमाथि मोहनविक्रम सिंहसमेत यिनै माओवादीहरुसँग मिल्ने मूडमा रहेको खबर छ ।
चार नेताले पार्टी एकताको घोषणा चाँडै गर्ने खबर चुहिएको छ । यी चार मिले भने नेकपालाई जोडदार धक्का दिनसक्ने हैसियतमा पुग्ने अनुमान गर्न सकिन्छ ।
प्रचण्डलाई माओवाद एमालेमा बिसाएको मिसाएको भन्ने एउटै आवाज छ यी चार नेताको । मात्र अगाडि कसरी जाने भन्ने नीतिमा सहमति जुट्न बाँकी छ ।
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, गोपाल किराँतीले हाँकेको माओवादी केन्द्र र विश्वभक्त 
दुलालहरु नयाँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निर्माणको अभियानमा छन् । स्मरणीय के पनि छ भने दुलाल बाहेक जनयुद्धमा तिनै नेताहरु प्रचण्डका कमाण्डर थिए ।
प्रचण्ड नेकपामा सामेल भएपछि विप्लवले प्रचण्डलाई भगौडा भनेका छन् । बक्तव्यबाट कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी तथा संशोधनवादीको एकता भएको आरोप लगाएका हुन् । वक्तव्यमा यो एकताको सबैभन्दा भद्दा र कुरूप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रूपले विसर्जन हो । प्रचण्डहरू यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरूको गडबढीलाई विचलन देखेर नै विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं । प्रचण्डमा माओवादीको म पनि छैन ।
मोहन वैद्यले एकताका नाममा माओवादी केन्द्र एमालेमा विलय भएको बताए । किराँतीले प्रचण्ड नेतृत्वको पार्टीले माक्र्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तत्यागेको बताएका थिए । यी चारभाइ एकतामा पुग्लान् नपुग्लान् तर नेकपाका लागि सबैभन्दा ठूलो चुनौती यिनै हुन् । यिनैका कारण नकेपाभित्र विद्रोह हुनसक्छ, यिनैका कारण नेकपाको नेतृत्वको सरकार सञ्चालनमा बाधा अड्चन पनि आउन सक्छ ।