काठमाडौं । महन्थ ठाकुर, मधेश देश बनाउँछु, नेपाल बहुल राष्ट्रवादी मुलुक हो भनेर सिके राउतमार्का राजनीति गर्दै आएका व्यक्तिलाई सत्ताधारी नेकपाले सभामुख बनाउन पहल थालेको छ । यता उपेन्द्र यादवको फोरमलाई सरकारमा लाने, उता राजपालाई मनाउने तुरुपको एक्का फाल्नुको कारण एउटै पार्टीका सभामुख र उपसभामुख नराख्ने भनेर देखाइएता पनि यथार्थमा सुन तस्कर गोरेले पोलेको सूचीमा डामिएका कारणले पनि सभामुख फेर्न नेकपा बाध्य भएको बताइन्छ ।
महन्थ ठाकुर राजपाका अध्यक्ष मण्डलका संयोजक हुन् । नेकपाका अध्यक्ष ओली र प्रचण्डको रणनीति सफल भयो भने केही दिनमै महन्थ ठाकुर सभामुख बन्नेछन् । सभामुख कृष्णबहादुर महरा नराम्ररी पछारिने निश्चित छ । हुनसक्छ उनी थप अनुसन्धानको घेरामा परुन् ।
देशै टुक्य्राउँछु भन्ने व्यक्तिलाई सार्वभौम संसदको सभामुख, यस्तो राजनीति पनि नेकपाले देखाउन लाग्यो ।