काठमाडौं । सर्वहारा बर्गको पार्टी भनेर चिनिएका एमाले र माके एक भएर नेकपा बन्यो । नेपालको इतिहासमै सत्तामा पूर्ण पकड राख्न सफल नेपाल कम्युनिष्टका शीर्ष नेता बनेका छन् : प्रचण्ड र केपी ओली । यिनले पार्टीका नगद, जिन्सी, लिगलगापातसमेत सबै पार्टीको सम्पत्ति भयो भनेर घोषणा पनि गरे । तर सर्वहारा बर्गका लागि यो सम्पत्ति खर्च गरिनेछ भनेर भन्न सकेनन् । किन ?
जनयुद्ध जनआन्दोलनमा मिसिएपछि राजनीतिक क्रान्ति सम्पन्न भयो भने । चुनावमा कम्युनिष्टले गजबकै जित हासिल गरे, अव आर्थिक क्रान्ति र सुशासन हाम्रो लक्ष्य भनेकै हो । यसैवीच यी दुईशक्तिले मिलेर नेकपा निर्माण गरे । ३ अर्वको सम्पत्ति छ भनेर घोषणा पनि गरे, पार्टीमा ३ अर्व कसरी जम्मा भयो, चन्दा, लेवीले मात्र त्यत्रो धनको थुप्रो कसरी लाग्ला र ? त्यो धन कालो हो कि सेतो ? कर तिरेको छ छैन, त्यतिका सम्पत्तिको मालिक नेकपाले त्यो सम्पत्तिको जनताकरण गर्ने कि नगर्ने ?
चीनमा व्यक्तिगत सम्पत्ति कुनै पदाधिकारीले राख्न पाउँदैनन् । चीनका अनुयायी नेकपाका यी दुई नेताको मात्रै खर्बको सम्पत्ति छ भनिदैछ र नेकपाका ९५ प्रतिशत नेताहरु करोडपति, अर्वपति र खर्बपछिसमेत छन् । नेपालका कम्युनिष्ट शासन जसरी विश्वचकित पार्ने खालको बन्यो, यसका नेता र पार्टी समेत
शायद विश्वमै सबैभन्दा धनाध्ये मध्येको हो । धन थुपार्ने, धनाध्येहरुको नेकपाले विधिको शासन, लोकतन्त्रप्रतिको प्रतिवद्धता, समानता, सुशासनयुक्त शासन गर्ला कि अराजक वाम निरंकूशतातिर लाग्ला, धेरेको उत्सुकता रहेको छ ।
कम्युनिष्ट टुटफुटको निरन्तरतामा ब्रेक लागेको हो भने राम्रो कुरा हो तर अधिनायकवादतिर कम्युनिष्ट अहंकार जानुहुनन । साना दलहरुलाई पनि नाङ्गले पसल नथापेर मिसिन आउन आग्रह गरिएको छ । तथापि ऋषिराम कट्टेलले आफ्नो पार्टीको नाम चारेको आरोप लगाएका छन् भने असन्तुष्टि एमालेभित्रैबाट घन्किन थालेको छ । एसियाकै ठुलो कम्युनिष्ट पार्टीले देशभक्तिमा तलमाथि नगरोस् भन्ने धेरैको कामना पनि देखिएको छ । तवमात्र आधा शताव्दिपछिको वाममिलन सार्थक हुनेछ । प्राप्त जानकारीअनुसार नेकपाको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ तथा ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ जसमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति छ । यसबाट पनि आधाआधामा होइन, प्रतिशतमै एकता भएको देखिन्छ । प्रतिशत अर्थात केही सन्तुष्टि, केही असन्तुष्टि ।
हाइकमाण्डमा पनि महिला, जनजाति र जनजातीय सन्तुलन छैन । हाइकमाण्डमा एमालेका ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल ६ जना एमालेका र माओवादीका ३ जना प्रचण्ड, नारायणकाजी र रामवहादुर थापा रहेका छन् । यो पनि ३३ प्रतिशत नै हो ।