Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्रोहको ज्वाला भड्कियो

०७ सोमबार , जेठ २०७५६ बर्ष अगाडि

काठमाडौं । चीन भ्रमणबाट फर्कनासाथ झलनाथ खनाल गर्जिए– ओली र माधव को हुन् मनलागी बरियता तोक्ने, तिनले तोकेको बरियतामा बसिदैन । यसरी झलनाथ के चर्को आवाजमा बोलेका थिए, यता बरिष्ठ नेताबाट रातारात कनिष्ट बन्न पुगेका भीम रावलले केपी ओली, माधव नेपालविरुद्ध मोर्चा खोलिदिए ।
सल्क्यो त डढेलो । केपी ओली र प्रचण्ड नवगठित नेकपा जेटको डबल पाइलट त बने, मौसमको जानकारी नराख्दा जेट ठोक्किने, नोज डाइभ गर्ने खतरा बढेर गएको देखिन थाल्यो ।
पूर्व एमालेका कतिपय नेताहरु भन्छन्– नेकपा एमाले ब्यूँतिन सक्छ । त्यस्तो कसरत भित्रभित्रै सुरु भइसकेको छ ।
नेकपा गठन त भयो, नेताहरुको स्थान व्यवस्थापन गर्न नसक्दा एमालेजस्तो सशक्त पार्टीभित्र असमझदारी सतहमै देखिनु भनेको आगो लाग्नु हो, यो आगोलाई अध्यक्ष तथा प्रधानमन्त्रीले कसरी समन गर्ने हुन्, त्यो चासो बढेको छ ।
सशक्त नेताहरुले आफूमाथि अपमानजनक अन्याय गरेको र आफ्ना निकटलाई ताली बजाउन लगाएर वाहवाही गराइरहेको आरोप लाग्न थालेकाले पनि यो भुसको आगोले धेरै कुरा खरानी पार्ने देखिदैछ ।
नेपालमा कम्युनिष्टहरु सर्वशक्तिमान भएको र अव कांग्रेस खोजेर पनि नपाइने उद्घोष त गरिरहेका छन्, यसैवीच एमालेभित्र रगत पसिना बगाएका, सम्भाबना भएका नेता कार्यकर्तालाई ठिक पार्ने षडयन्त्रमा ओली लागेको आरोपले ठूलै मुद्दाको स्वरुप लिन थालेको छ । एमालेका कतिपय नेताहरु भावी रणनीति बनाउन जुट्न थाल्नुले ओली र प्रचण्डलाई रमाइलो भए पनि नेकपा अभेद्य किल्ला चाहिं नहुन सक्ने संकेतहरु बढेर गएका छन् ।
विद्रोहको आवाज उठिसकेको छ । विद्रोह नहोला भन्न सकिन्न । आफ्नो भविष्य समाप्त पार्ने जुन खेल ओली र प्रचण्ड मिलेर खेलेका छन्, त्यसविरुद्ध एमालेका नेताहरुको जमघट बहस र मोर्चावन्दी सुरु हुनु नेकपाको भविष्य सुनिश्चित छ भन्न सकिन्न ।
अहिले त यी नेताहरु बोलिरहेका छन्, केही दिनमै पत्रकार सम्मेलन गरेर विद्रोहको बिगुल बजाए भने आश्चर्य हुनेछैन । माधव नेपाल एकाएक ओली र प्रचण्ड निकट हुनुले माधव खेमाका नेताहरु नराम्ररी बिच्किएका हुन् ।