Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सिंहदरवार चन्द्रागिरी १५ मा पुग्यो

२९ शनिबार , बैशाख २०७५८ बर्ष अगाडि

गाउघरमै सिंहदरवार पुग्छ भनेर खुब चर्चा थियो । नेपालका कुनै पनि गाउापालिका, नगर वा महानगरपालिकाका टोल टोलमा सिंहदरवार पुग्यो कि पुगेन थाहा छैन तर पहिलेको तीनथाना गाविस, अहिलेको चन्द्रागिरी नगरपालिका वडा १५ मा सिंहदरवार पुगेको उदारहण वैशाख २९ गते शनिवार देखियो ।
सिंहदरवार पुग्नु भनेको सेवाग्राहीलाई सर्वशुलभ सेवा दिनु हो । सेवाग्राहीको घरआागन, समाजसम्म जनप्रतिनिधिले सेवा लिएर जानु हो । बालबालिका, बुद्धबृद्धा, युवाका लागि लाभदायक कार्यक्रम सञ्चालन गर्नु हो । शिक्षा, स्वास्थ्यको पहुाच पुर्‍याउनु हो । सिमान्तकृत र हुादा खाने बर्गसम्म स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउनु हो ।
गरे के नहुादो रहेछ । भयो त, चन्द्रागिरी १५ वडामा सुरक्षाको प्रत्याभूति दिन सीसीटीभी जडान कार्यको शुभारम्भ भयो, तीनथाना–कीर्तिपुर जोड्ने झोलुंगे पुल बन्यो, युवा बुढाबुढीलाई घुमफिर गर्ने ठाउा पनि बन्यो र ती ठाउमा वाईफाई फ्रि जोन पनि बनिसक्यो । 
पहिलेको तीनथाना गाविस, काठमाडौं महानगरपालिका १४ साग जोडिएको, हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ । यो वडामा सडक, ढल, पुलपुलेसाका  कार्य भइरहेको छ, आफ्नो फोहर आफै सफा गर्छौं भन्ने अभियान चलेको छ । हात धुन र बुढाबुढीको लागि घरघरमै पुगेर स्वास्थ्य सेवा दिने काम पनि चलिरहेको छ ।
भनिन्छ, स्मल थिङ्स काउण्ट । आमनागरिकले ससाना सेवाका लागि समेत गिडगिडाउनु पर्ने स्थितिको अन्त्य । यो नमूना कार्यको थालनी गरेका छन् वडा अध्यक्ष उत्तमबहादुर राउतको टिमले । उनलाई गाउावासी सबैको साथ छ ।
वैशाख २९ गते चन्द्रागिरी नगरपालिकाभित्रका ५४ स्कूलमा ९ र १० कक्षामा पढ्ने बालबालिकाहरुको वक्तृत्वकला प्रतियोगिता गराइयो । अचम्म, ती स्कूले बालबालिकाहरुले नेपालको झण्डा बोकेर, माटो हातमा लिएर देशका लागि केही गर्ने अठोट प्रकट गरे । खासगरी बालिका विद्यार्थीहरुको अभिव्यक्ति साह्रै चित्ताकर्षक र उत्साहवर्धक थियो । परिपक्व राजनेताले बोल्न नसक्ने खालका तर्क प्रस्तुत गरेर देशको भविष्य उज्यालो छ भन्ने छनक देखाए ।
र, बालबालिकाहरुले राजनीतिमा इमान भएन भनेर गरेको वक्तृत्व प्रतियोगितामा दिएको अभिव्यक्ति प्रत्येक राजनीतिमा लाग्नेले सुन्नै पर्ने खालको थियो ।
स्थानीय सरकार भनेको गाउाको, समाजको, सहरको र देशको भविष्य निर्माता पनि हो । यो काम चन्द्रागिरी नगरपालिका वडा नं १५ बाट सुरु भएको छ ।
यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए । नगरपालिकाका उपमेयर तथा विभिन्न वडाका अध्यक्षहरु पनि सहभागी भएका थिए ।
अर्को अचम्म, वडा अध्यक्ष शैक्षिक विकास कोष यही वडाबाट सुरु भएको छ । चाहनेले दिनको १ रुपैयाा चन्दा दिनसक्ने गरी यो कोष खडा गरिएको छ र वडावासीले उत्साहका साथ इच्छानुसारको आर्थिक योगदान दिइरहेका छन् । आगामी दिनमा राम्रै कोष संकलन हुनसक्ने देखिन्छ । यो कोषले यो वडामा यस्तै शैक्षिक कार्यक्रम गदै जाने बताएको छ ।
वडा अध्यक्ष उत्तमबहादुर राउतलाई धन्यवाद छ । र, देशभरिका ८ सय ६१ सरकारले चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्षले चुनावमा गरेको प्रतिवद्धता कसरी पूरा गरिरहेका छन्, यो सिक्नु जरुरी छ ।