काठमाडौं । ७७ वर्षका देव मुखर्जीसहितका रंजित रे, श्यामशरन अर्थात नेपालका लागि पूर्व भारतीय तीन भारतीय राजदूतले अन्नपूर्ण रेन्जको लामो ट्ेरकिङ गरेका छन् । यो बृद्धावस्थामा यिनलाई ट्ेरकिङको रस लिनका लागि होइन, चीनविरोधी भारतीय रणनीतिका लागि यिनको भ्रमण भएको र यिनकै रिपोर्टका आधारमा दिल्लीले दूतावासको क्रियाकलापलाई थप प्रभावकारीपूर्ण र सक्रिय पार्ने अनुमान गरिएको छ ।
हुन त रारा ताल, से पोक्सुण्डो ताललगायतका क्षेत्रमा पनि यिनीहरु गए । चिनियाँ बोर्डर इलाकामा स्कूल, कलेज, खानेपानी, गुम्बा, मठमन्दिर निर्माणमा धमाधम भारतीय आर्थिक लगानी बढ्दै गएको छ । मुस्ताङ, डोल्पा, हुम्ला, सोलुखुम्बुसम्म पनि नेपाल सरकारको अनुमतिसमेत लिनुनपर्ने सुविधा उपयोग गरेर प्रत्येक ५ करोडसम्मको योजना भारतीय दूतावासले सञ्चालन गरिरहेको छ । यो भारतीय लगानीको अर्थ नेपालको सार्वभौमिकता र स्वतन्त्रता भारतको नियन्त्रणमा छ भनेर देखाउनै हो ।
डोल्पा क्षेत्रमा तीन करोड ३३ लाख भारतीय सहयोगमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । यी क्षेत्रमा यी तीन पूर्व भारतीय राजदूतहरुले विशेष अन्तरक्रियासमेत गरेको खबर छ । अव यी क्षेत्रमा यातायातको विकास गर्न भारत तैयार रहेको सूचना दिएका छन् । स्मरणीय छ, यी तिनै
जना बुढा कूटनीतिज्ञहरु नेपालनीतिकार पनि मानिन्छन् । यिनले यार्सागुम्बाको टेस्ट गरेका छन् र किनेको पनि पर्यटन बोर्डका एक सदस्यले बताए । त्यसो त भारतमा यार्सागुम्बाको व्यावसायिक खेतीसमेत थालिएको छ । नेपालको जडिबुटीको विश्व माग देखेर भारतले कौडीका मूल्यमा लैजाने र औषधि बनाएर नेपाललाई नै बेच्ने गरेको छ । यसवर्ष ४२ करोडको आयुर्वेदिक औषधि नेपालले भारतबाट आयात गरेको छ ।